
इलाम, ५ पुसः पर्यटकीय क्षेत्र भालुढुङ्गाको प्रचार प्रसारका साथै भालुढुङ्गा घुम्न आउने पर्यटकलाई आवासको सुविधा उपलब्ध गराउने उद्देश्यले इलाम नगरपालिका वडा नं. ६ मा पर्ने पर्यटकीय क्षेत्र भालुढुङ्गामा एकीकृत ओढारे भालुढुङ्गा क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलामको आयोजना र मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिको सहयोगमा मिति २०७४ पौष ३ गते देखि ५ गते सम्म ३ दिने होमस्टे सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।
भालुढुङ्गा क्षेत्रका होमस्टेमा चासो राख्ने जम्मा ३० जनाको सहभागिता रहेको उक्त तालिममा मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौराली र सोही कार्यालयका योजना अधिकृत संजिप पौड्यालले तालिमको सहजीकरण गर्नुभएको थियो ।
