फाकफोकथुममा २१ जनालाई अपांगता परिचय पत्र वितरण

फाकफोकथुम, ५ पुसः अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा दिने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोकमा परिचय पत्र वितरण कार्यक्रममा २१ जनाले परिचय पत्र पाएका छन् । करूणा फाउण्डेशन नेपालको सहयोग तथा स्वास्थ्य चौकी आमचोकको आयोजनामा भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् ।
 शिविरमा फाकफोकथुम गाउँपालिका वडा नंम्बर १, ३ र ४ का अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् । शिविरमा चारजनाले निलो, नौ जनाले पहेंलो र आठ जनाले सेतो परिचय पत्र पाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको शारीरिक नापका आधारमा चिकित्सक र सिविआरसम्वन्धी ज्ञान भएका सन्त विश्वकर्मा तथा महिला बालबालिका कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागिताले अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लिएका हुन् । केही अपाङ्गता भएका व्यक्तिहरूको शारिरीक अवस्था पहिले भन्दा थप बिग्रंदै गएपछि काड परिवर्तन गरी निलो कार्ड पाएका छन् । सरस्वती लिम्वू र अनिता भट्टराईले पहेंलो काड परिवर्तन गरी निलो कार्ड पाएका छन् । यसअघि करूणा फाउण्डेशन नेपालको सहयोगमा एकवर्ष अघि आमचोकमा सञ्चालित शिविरमा आठ जनाले परिचय पत्र पाएका थिए । 
यसका अतिरिक्त फाउण्डेशनले जिल्लाका विभिन्न स्थानमा अपाङ्गता पहिचान शिविर, आङखस्ने महिलाहरूको लागि शिविर, बालबालिकाहरूका लागि स्वास्थ्य परीक्षण तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ ।तरण
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता