
परीक्षण प्रसारणको करिब एकसातापछि नियमित प्रसारण गरिने महतले बताए । ९५.७ मेगाहर्जमा प्रसारण हुने उक्त एफएम इलाम, पाँचथर, झापा, इटहरीसम्म सुन्न सकिने बताइएको छ ।
एफएमको स्टेशन, समाचार कक्ष, कार्यक्रम उत्पादन कक्ष सम्पूर्ण तयारी भइसकेको छ । एफएमले रेडियो उद्घोषण, समाचारवाचक र कार्यक्रम उत्पादनसम्बन्धी १० दिने तालीम शुरू गरेको छ ।
तालीमलाई रेडियो नेपालका अमरध्वज लामा, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता विजयशेखर भट्टराईलगायतले सहजीकरण गरिरहनुभएको छ । तालीममा ८० प्रशिक्षार्थीको सहगिता छ ।
बुद्धवाणी एफएमसँगै इलाममा इलाम एफएम, नेपालवाणी एफएम, रेडियो फिक्कल र चियाबारी एफएम सञ्चालनमा छन् ।