दुई किलो चरेशसहित रसियाली पक्राउ

काठमाडौँ, १ पुस (रासस) नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ । 
काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 
प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता