
इलाम १० पुष : इलामको देउमाई नगरपालिका वडा नं. ६ फुटुकमा आज आगलागि ३० लाख बराबरको क्षती भएको छ । फुटुक स्थित पन्चकन्या चोकमा विद्युत सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
करिव साढे ११ वजेको समयमा भएको आगलागिमा परि स्थानिय डेविट साउदेनको दुईतले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागिबाट घरसँगै रहेका दुईवटा किराना पसल समेत जलेका छन् ।
भाँडावर्तन, नगद लताकपडा, खाद्यान्न र पसल जल्दा अन्दाजी ३० लाख वढीको क्षती भएको जनाइएको छ ।