इलाममा समानुपातिकको मत गणना जारी, एमालेको अग्रता कायमै

इलामः २६ मंसिरः प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना सकिएर नतिजा सार्वजनिक भएसंगै इलाममा सोमबारबाट समानुपातिक तर्फको मतगणना शुरु भएको छ । यो समाचार तयार पार्दासम्म दुई निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा तर्फ नै नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओबादी केन्द्रले तेस्रो स्थानमा रहेका छन् । यो समाचार तयार पार्दासम्म यस क्षेत्रमा १४ हजार ५८ मत गणना भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेको ६ हजार ८ सय ७८, काँग्रेसको ३ हजार ५ सय ७५, माओबादी केन्द्रको ८ सय १३, राप्रपा ६ सय ७० मत सहित चौथो, संघिय समाजबादी ४ सय ७६ मत सहित पाँचौ स्थानमा रहँदा मंगोल नेशनल अर्गनाइजेशनले २ सय ६६ मत सहित छैठौं स्थानमा रहेको छ । यो क्षेत्रको प्रदेश नम्बर १ र २ को नतिजा आउन बाँकि रहेको छ । 
यस्तै क्षेत्र नम्बर २ मा २५ हजार ९ सय १ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत जगदिश्वर भटटराई अनुसार यस क्षेत्रमा पनि नेकपा एमाले पहिलो स्थानमा छ । एमालेले ११ हजार ३ सय १९, काँग्रेसले ९ हजार २ सय १७, माओबादी केन्द्रले एकहजार ६ सय २५ सहित तेस्रो स्थानमा रहँदा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७ सय ८३ मत सहित चौथो स्थानमा रहेको छ । संघिय समाजबादी ५ सय ६ मत सहित पाँचौं, मंगोल नेशनल अर्गनाइजेशन एकसय ८९ मत सहित छैठौं, राप्रपा १ सय ५५ मत सहित सातौं र राष्ट्रिय जनमुक्ति पार्टी १ सय ४४ मत सहित आठौं स्थानमा रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा १३ हजार ६ सय २७ मत गणना भइसकेको छ । 
जसमा ५ हजार ८ सय ४९ मत सहित एमाले पहिलो, ५ हजार एकसय ७४ मत सहित काँग्रेस दोस्रो, ८ सय ७७ मत सहित माओबादी केन्द्र तेस्रो र संघिय समाजबादी १ सय १५ मतसहित चौथो स्थानमा रहेको छ । यस्तै क्षेत्र नम्बर २ कै २ नम्बर प्रदेशमा हालसम्म १२ हजार २ सय ७४ मत गणना भइसकेको छ । जसमा ४ हजार ६ सय १७ मत सहित एमाले पहिलो, ३ हजार ५ सय २० मत सहित काँग्रेस दोस्रो र एकहजार एकसय ७४ मत सहित माओबादी केन्द्र तेस्रो स्थानमा कायम रहेको छ । समानुपातिक तर्फको मतगणना भोलि बेलुकासम्म सक्ने लक्ष्य लिएको निर्वाचन कार्यालयले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता