
स्थानीय स्तरमा रहेको चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पुर्वी पहाडी जिल्लाहरुमा दिगो विकासको लागि वित्तिय सहजकर्ताको रुपमा काम गर्दै आएको समृद्ध पहाड परियोजना तथा झापास्थित मेची दृष्टि आँखा अस्पतालको सहयोगमा मंसिर २९ र पुस १ गते दुईदिन शिविर संचालन हुने भएको हो । सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति उत्तरदायी हुनु पर्ने भएकोले समुदाय तथा सहकारीका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी शिविर संचालन गरिएको संस्थाका व्यवस्थापक धनसिंह राईले बताए ।