खड्काले दिए मतदातालाई धन्यवाद

इलाम, इलाम निर्वाचन क्षेत्र नम्बर दुई (क)का प्रत्यासी उम्मेद्धार डम्बर खड्काले उम्मेद्धारलाई धन्यबाद दिएका छन् । उनले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न लाग्ने राजनैतिक दल, नेपाल सरकारका कर्मचारी, राष्ट्रसेवक कर्मचारी, पत्रकार, म्यादी प्रहरी, पार्टीका समर्थक, सहयोगी र सो क्षेत्रका मतदाताहरुलाई मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन् । लोकतन्त्रमा हार र जित स्वभाविक प्रक्रिया भएको भन्दै उनले जिल्लाका विजेता सबै उम्मेद्धारहरुलाई बधाई समेत दिएका छन् । नेपाली कांग्रेसमा आस्था राख्ने मतदाताहरुलाई नआत्तिन समेत उनले आग्रह गरेका छन् । 
विज्ञप्तिमा भनिएको छ– ‘इलाम जिल्लाका सम्पूर्ण बिजेता प्रतिनिधिहरु पनि रत्तिभर नआत्तिई र नमात्तिई जिल्लाको विकास र नीति निर्माणको पक्षमा काम गर्नुहुनेछ भन्ने आशा एवम् विश्वास गर्दै उहाँहरुलाई बधाई तथा शुभकामना दिन चाहान्छु ।’ खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा– ‘नेपाली कांग्रेस समर्थक र शुभेच्छुक मतदाताहरुलाई पनि तपाईको मन र मतको सधै उच्च सम्मान र कदर गर्ने प्रतिवद्धता समेत दिलाउन चाहान्छु ।’ परिणामबाट रत्तिभर निराश नहुने, बिचलित र निष्किृय नहुने साथै चुनावी दौरानमा भए गरेका आन्तिरिक कमी कमजोरीहरु माथी समिक्षा गर्दै पार्टीलाई पुनः सुद्धिकरण र संस्थागत गरिने विज्ञप्तिमा उल्लेख छ । साथै आगामी दिनहरुमा समेत जनतामाझ पुन सांगठनिक भेटघाटमा सरिक हुने समेत बताइएको छ । खड्का नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर दुईको प्रदेश सभा (क)बाट प्रदेश सभाका लागि प्रत्यासी उम्मेद्धार थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता