- बिनय तिम्सीना

मोतीया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाम सदरमुकाममा भइरहेको छ जब सोमबार इलाम अस्पतालमा नेपाल नेत्रज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा शिविर शुरु भयो । इलाम नगरपालिकाका ८ का ८४ वर्षिय जैई वहादुर तामाङलाई उनकी भतिजी चन्द्रकला तामाईले लिएर शिविरमा अउँदा कान पनि राम्रो नसुन्ने अनि आँखा पनि नदेख्ने तामाङले शल्यक्रिया गर्न भतिजिले लाख सम्झाउँदा कतै यी डाक्टरहरुले मेरो भएको आँखापनि निकालेर फ्याँकी दिने त हैनन् भनेर नमानेपछि डक्टर मनिष पण्डेको टोलीनै लागि परेर जबरजस्ती शल्यक्रिया गरेको थियो ।
विहान जब एउटा आँखामा पट्टी बाँधेर अस्पताल परिशरमा देखिए उनि निराश थिए । उनको मनभरी निरशा छाएको थियो डाक्टर मनिष देखि उनि रिसाएका थिए अनि उनकी भतिजिदेखि त झन धेरै रिसाएका थिए । रिसाएका तामाङलाई डाक्टरको टोलीले अन्य २४ जना शल्यक्रिया गरेको टोली सँगै जव कुर्सिमा वसाईयो उनको लठ्ठी एकातिर फ्याकेका थिए कहाँ छ उनिलाई थहा थिएन कसो गर्दा उनले आफ्नो जुत्ताको लेश खुस्केको थहापाए अनि बोली पनि नवुझिने गरि कराई रहेका थिए भतिजि कता गएकोले गर्दा त्यही भएका मध्येबाट लेश बाँधिदिन खोज्दा झोकीएका थिए निरश अनुहार लागएर उनि सवै सँग झोकिन्थे कोहि नजिक गएर चिच्याउँदा मात्र उनि थहा पाउँथे को आयो भनेर नत्र उनलाई केहि थहा हुँदैन थियो ।
सवैजनालाई कुर्सिमा राखियो उनि पनि बसै सवै सामान लिएर डाक्टरको टोली पनि पट्टी खोल्ने तयारी लाग्यो । दुवै आँखाका ज्योति गुमाएका तामाङलाई पनि अग्रह भागमा राखेर मनिष पाण्डे आफै पट्टी खोल्ने तयारीमा लागे । विस्तारै तामाङको आँखाको पट्टी हटाएर पाण्डेले तामाङको आँखा सफा गर्न थाले सवै जना अव तामाङले आँखा देखछन् कि देखदैनन् भनेर ध्यान दिएर हेर्न थाले ।

डाक्टर पाण्डेले आँखा सभा गरे पनि आँखा खाल्न आग्रह गरे तामाङले आँखा त खोले तर चम्कीलो अनुहार लगाएर टोलाई मात्र रहे तामाङले कुनै प्रतिक्रिया नदिए पनि हामी सवैले तामाङको अनुहारमा उनले आँखा देखि सकेको पढ्न सकिन्थ्यो ।

उनकी भतिजि आएर सोधिन म को हो तामाङ एकै छिन टोलाए अनि आफ्नो करोडौँ खुसि छल्काउँदो भने ‘उम्.... नानी......’ सवैको हाँसो गुन्जियो सवै खुसि देखिए । तामाङलाई डाक्टर मनिषले सोधे म को हो भनेर तमाङले खुसि भएर हेर्दै नमस्कार गरे डाक्टर मनिषको मुहारमा पनि खुसि छल्केको थियो । तामाङले सवैलाई पालैपालो हेर्दै नमस्कार गर्न थाले । डाक्टर मनिषले उनको छेउमा गएर मोवाईल निकाले अनि उनलाई देखाउँदै सेल्फि खिच्न भने उनि पनि मोवाईलमा हेर्दै डाक्टर सँग फोटो खिच्न मस्त भए ।
इलाम अस्पतालमा मंगलबार विहान देखिएको यो दृष्यले सवै मोतिया विन्दुका विमारीलाई शल्यक्रिया गरे आँखाको ज्योति फेरी फर्कने रहेछ भन्ने विश्वस गर्न ठुलो मद्दत पुग्दछ ।
तामाङ खुसि हुँदै अव म आर्को आँखाको पनि शल्याक्रिया गर्छु भन्दै थिए अनि म दाईने कान अलि सुन्छु भन्दै देखउँदै पनि थिए ।
उमेर बढेसँगै मानिसमा मोतिया बिन्दु हुने डाक्टर मनिष पाण्डेले वताउँछन् । उनले मोतीया बिन्दुको निश्चित औषधि समेत नभएको वताउँदै उत्तम बिकल्प भनेको शल्यक्रिया नै भएको बताए ।

नेत्रज्योती संघ इलामको पहलमा इलाम अस्पतालमा आँखा जाँच गर्ने आधुनिक औजार समेत ल्याइएको छ । जापानी प्रविधिबाट निमित यस औजार दश लाख रुपयामा खरिद गरिएको वताइएको छ । यस मेशिनको समेत आज नै औपचारिक उद्घाटन गरिएको छ ।


