- मनिषा चम्लागाईँ

बिर्तामोड, ७ पुसः लामो समयदेखि मानसिक सन्तुलन गुमाएर बिर्तामोडको सडकपेटीमा बस्दै आएकी बेवारिसे अवस्थामा हिड्ने एक युवतीलाई उद्दार गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघ उपाध्यक्ष एवम् वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता खरेल विमली नेतृत्वको टोलीले उनको उद्दार गरेको हो ।
बिर्तामोडको सडक किनारामा देखिने ती युवतीको परिचय भने खुल्न सकेको छैन । ती युवतीलाई बुधवार मानव सेवा आश्रम हेटौंडामा उपचारको लागि जिम्मा लगाएको खरेलले बताइन् । पुरुषलाई देखेपछि डराउने ती युवती नाम सम्म बताउन सक्ने थिइन्न ।
२२ दिन अघि एक अपरिचित व्यक्तिले फोन मार्फत उनको अवस्थाबारे जानकारी गराएपछि आफु ती युवतीको खोजीमा लागेको खरेलले बताइन््.। युवतिको उद्दारमा बिर्तामोड निवासी उषा मिश्र ज्योति खतिवडा, पार्वता बस्नेतले पार्वता खरेललाई साथ दिएका थिए । मंगलबार सडकबाट उद्दार गरिएकी युवतीको शुरुमा बिर्तामाडको बी एण्ड सी अस्पताल लगेर प्रारम्भिक उपचार पछि सोही दिन बेलुका उनलाई लिएर हेटैँडा प्रस्थान गरेका थिए ।
खरेलले भनिन् बीएण्डसी अस्पतालले नियमित उपचार गराए निको हुने बताए पछि अस्पतालको एम्बुलेन्स सहयोगमा हेटौँडा पुर्याउन सफल भएयौँ । बिर्तामोडका डीएसपी कृष्णप्रसाद कोइरालाले पनि यस कार्यमा सहयोग गरेको खरेलको सुनाईन् ।
यस कार्यमा बिर्तामाड नगरपालिकाले १० हजार रुपैयाँ, बिर्तामोड निवासी नवल अग्रवालले लत्ताकपडा, इन्दिरा विमली र खरेल स्वयमले कपडा र ५० केजी चामल सहयोग उपलब्ध गराएको खरेलले बताइन् । संकलित रकम, लत्ताकपडा र खाध्यनन आश्रामका सञ्चालक रामजी अधिकारीलाई हस्तान्तरण गरेको खरेलको टोलीले बताएको छ । बिर्तामोडको सडक किनारामा रातदिन बिताउने गरेकी ती युवती एउटा ब्ल्याङ्केटको भरमा मात्र सडक प्टीमा रात कटाउँदै आएकी थिइन् ।
