अलैचीको काटछाँट शुरु

  • गोबिन्द पौडेल 

रोङ ५ पुसः बिगतका बर्षहरुमा अलैचीको राम्रो मुल्य पाएर यसको खेतीमा लागेका किसानहरुले अलैची खेतीमा नया तरिका अपनाउन थालेका छन् ।
 किसानले पछिल्लो समयमा अलैचीको  राम्रो मुल्य पाएकाले कारण यसको खेतीमा किसानहरुको आर्कषण बढ्दै गएको छ ।  इलामको प्राय जसो सबै क्षेत्रमा हुने अलैची  बिगत केही बर्ष यता संक्रामक रोगले पुरानो बगान मासिएपछि उत्पादननै शुन्यको अवस्थामा पुगेको भएपनि अहिले आएर नया स्थान , नया तरिका  नया प्रजातीको बिरुवा लगाएर अलैची पुन स्थापना भएको छ । खोल्साको कालो सुन अनि खोल्साका सुनका उपमा पाएको अलैचीलाइ आधुनिक तरिकाले स्याहार सुसार गरेको कारण किसानहरुले मनग्गे फाइदा समेत लिएरहेका पाइएको छ । अलैचीलाइ मल हाल्ने कुरा पुराना किसानहरुका लागी अनौठो हुन पनि सक्छ अझ यो सिजनमा अलैचीलाइ छुरी लगाएर काटछाट गर्नेकुरा त आश्र्च नै लाग्ला तर नया प्रजातीका जिर्मले जातको अलैचीबाट उत्पादन लिनलाइ भने मंसिर पुस महिनामा अनिबार्य रुपमा छुरी लगाएर काटछाट गर्नु पर्ने भएको कारण आजभोली अलैची किसानहरु ब्यस्त रहेका छन् अलैचीको काटछाँटमा ।
 २०४५ सालमा इलामको जिर्मलेमा भित्रिएको हरियो डाला र हरियो फल हुने बिशेषता रहेको जिर्मले जातको अलैची किसानहरुले बारीको ग¥हा नै मासेर रोपेका छन् कम ओसिलो, छहारी नसहने सुख्खा र तातो हावापानी समेत पचाएर राम्रो उत्पादन हुने यो अलैमा अत्याधिक मात्रामा टुसा आउने बिशेषता भएको कारण फलको उत्पादन लिनलाइ बर्खामा पलाएको टुसाहरु मंसिर पुसमा काट्नु पर्ने रोङ ६ सलकपुरका अगुवा किसान याम प्रसाद अधिकारी बताउनु हुन्छ । 
बोटको संरचना हेरेर हरेक दुइ देखी तीन इन्च बराबरको फरकमा डाला राखे राम्रो उत्पादन लिन सकिने रोङ ६ किसान कर्ण माया पौडेलको अनुभव रहेको छ । यतिखेर अलैचीको कोथा लाग्ने समय रहेको र यो जातको अलैचीको हरेक डालामा चार पाच वटा सम्म कोथा लाग्ने भएको कारण बोट बाक्लो भएमा कोथाबाट राम्ररी फुल फुल्न नसक्ने र फल समेत च्यापिने भएको कारण कतिपय बाक्लो बोटमा फुल फुल्ने बोट समेत फालिने गरेको पाइन्छ । मौसमले साथ दिने हो र राम्ररी काटछाट र मलजल गरेमा प्रति रोपनीमा दुइ देखी अढाइ मन सम्म फलाइएको किसानहरुको अनुभव रहेको छ । रोङ ६ साबिक जिर्मलेमा गत सालमा करिव एक हजार पाच सय मन अलैची उत्पादन भएको अनुमान रहेको छ 
किसानहरुले अनुभवकै भरमा उत्पादन गर्न सफल भएपनि यसको काठछाट पछि के कस्ता तरिका अपनाउने र कुन रोगको जोखिम हुन सक्छ भन्ने थाहा नपाएको बताउने गरेका  छन् ।  अलैचीको पकेट क्षेत्र रहेको जिर्मलेका अलैची किसानहरुलाइ गत महिना मात्रै बेद नर्सरी सलकपूरको आयोजना र अलैची खेती बिस्तार र बिकासमा सक्रिय उन्नती  परियोजनाको  आर्थिक सहयोग र अलैची पिबकास केन्द्र फिक्कलको प्राबिधिक सहयोगमा तालिम पाएपछि केही राहत मिलेको रोङ ६ का श्याम आर्चार्यले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता