एआईजी श्रेष्ठ इलाममा सम्मानित

इलाम, ४ पुसः नेपाल प्रहरी उच्च दर्जामा पुग्न सफल भएको भन्दै इलामे नागरिक पंकज श्रेष्ठलाई सम्मान गरिएको छ । इलाम उद्योग बाणिज्य संघ इलाम र नेपाल भाषा तथा संस्कृति समाज इलामले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि श्रेष्ठलाई सम्मान गरेका हुन् । 
नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी)बाट श्रेष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा भर्खरै बढुवा भएका थिए । समाजले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सम्मानलाई नागरिक अभिनन्दनको रुपमा बुझ्न आग्रह गरेका थिए । 
आफ्नो गृहजिल्लामा सम्मानित भएकोमा आफु भावविभोर भएको बताउदै सम्मानित श्रेष्ठले इलामको नाममा आँच आउने प्रकृतिका हालसम्म कुनैपनि काम नगरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै इलामलाई चिनाउन आफु सधै लागिपर्ने बताए । इलामकै बुढो विद्यालय आदर्श उच्च माविका पूर्व प्रधानाध्यापक देवीदास श्रेष्ठका उनी छोरा हुन् । पूर्व प्रधानाध्यापक श्रेष्ठ हेडसरका नामले देशकै शैक्षिक क्षेत्रमा परिचित थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता