इलाम सदरमुकाममा सञ्चालित जुविलेन्ट इलाइट एकाडेमीको वार्षिक उत्सव शनिबारबाट सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अदालत इलामका प्रमुख इन्द्रकुमार चोङ्तान्लीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो । शनिबार औपचारिक उद्घाटन सँगै कक्षा नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थीहरुबिच ‘ट्यालेन्ट हन्ट’ आयोजना गरिएको प्रिन्सिपल भुषान्त सुव्बाले जानकारी दिए । आइतबार कक्षा तीनदेखि माथिल्लो कक्षामा अध्यनरत विद्यार्थीबिच प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
त्यस्तै अभिभावकबिच समेत प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिएको शिक्षक भिम पौडेलले जानकारी दिए । विजयी अभिभावकहरुलाई इलामको अग्र्यानिक चिया र अकबरे खुर्सानी प्रदान गरिएको थियो । विद्यालय परिसर भित्र विभिन्न ३६ वटा स्टलहरु समेत राखिएको छ । लोप हुन लागेका पुराना वस्तुदेखि खानाका परिकार स्टलमा समावेश गरिएको छ । नयाँ पुस्ताले पुराना सामाग्री बिर्सँदै जाने भएकाले ती वस्तुहरुको प्रदर्शनी गरिएको प्रिन्सिपल सुब्बाले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरु विभिन्न जातिय भेषभुषा सहित उपस्थित भएका थिए ।
विद्यालयमा गठन भएको ‘सोसियल्ली युजफुल प्रोडुयुक्टीभ वर्क’ नामक क्लबले विभिन्न कार्यक्रम तय गरेको बताइएको छ । वि.स.२०६५ सालमा स्थापना भएको यस विद्यालयमा स्थापनाकाल देखि नै वर्षेनी विविध कार्यक्रम गर्दै आएको बताइएको छ । पर्यटन प्रवर्दनमा मद्दत पु¥याउने उद्देश्यले संकलित वस्तुहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका वस्तुहरु इलाम भित्रिएका पर्यटकहरुलाई समेत प्रदर्शन गराउन निःशुल्क पासको वितरण गरिएको छ । साँझ ५ देखि ७ बजेसम्म पर्यटकहरुका लागि ती सामाग्री प्रदर्शन गरिने जनाइएको छ ।
- तस्वीरः हरि गुरुङ/ इलाम टी हाउस
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता