- कुमार दुलाल
नेपालको राजनीति अहिले प्रतिनिधिसभा निर्वाचनको परिणामले तरंगित छ । यसको सबैभन्दा ठुलो पराकम्पन बलियो जरा भएको दाबा गर्ने कांग्रेसमा आएको छ । पार्टी प्रतिबन्धित हुँदा बाहेक खुला राजनीतिमा कांग्रेसले सायदै यस्तो चुनौती बेहो¥यो । तर, साम्यवाद ल्याउने उद्देश्यसहित बनेको ‘वामगठबन्धन’ को लहरले कांग्रेस पात बिनाको रुख बनेको छ । समाजवादी चिन्तक प्रदिप गिरीको सटिक टिप्पणी छ, ‘रुख ढलेको होइन,पुराना पातहरु झरेर नयाँ उम्रने तयारी हो ।’ उनले पात उम्रने तयारी भनिरहँदा कांग्रेसको ठुलो तप्का भने त्यो पातको पहिचानमा लागिसकेको छ । सामाजिक सञ्जालमा अभ्यस्त कांग्रेसको नयाँ पुस्ता र दूरदराजमा रहेका कांग्रेसजनले पूरानो पुस्ताको औचित्य सकिएको निष्कर्ष निकालेका छन् । यसअघि आकार त पटक पटक खुम्चिएकै हो तर त्यसलाई लिएर नेतृत्वको औचित्यमाथि यति सघन प्रश्न उठ्थेन । यसपटक ‘वामगठबन्धन’को भारी असिनाबाट जोगाउन नसकेका र नजोगिएका शीर्षहरुबाट अब चल्दैन भन्ने निष्कर्ष निकाल्न थालिएको छ । नांगो बनेको रुखमा नवीन जीवन भर्नसक्ने सामथ्र्यवानको खोजी कांग्रेसभित्र शुरु भएको छ । जसको नजरमा, अग्रभागमै छन् विश्वप्रकाश शर्मा र गगन थापा ।
कांग्रेस भित्रमात्र होइन देशभर बढी चर्चा हुने युवामा यी नाम अग्रपंक्तिमा पर्छन् भन्दा अतिशयोक्ति नहोला । गगनले काठमाडौं ४ मा चुनाव जितेर प्रतिनिधिसभाको यात्रा सुरक्षित गरेका छन् । विश्वप्रकाश यसपटक पनि दुर्घटनाबाट जोगिन सकेनन् । देशैभर कांग्रेसका शीर्षहरुकै पराजय भइरहँदा कांग्रेसको ठुलो पंक्तिले गगनको जीतमा लामो श्वास फेरेको छ । प्राप्त मत परिणामलाई लिएर कांग्रेस भित्र अहिले नेतृत्व गरिरहेको पुस्ताको औचित्यमाथि नै प्रश्न उठाउन थालिएको छ । कतिपयले विशेष महासधिवेशनको समेत आवश्कयता औंल्याइरहेका छन् । अहिलेको नेतृत्व काम छैन भन्दै गर्दा देशैभरका कांग्रेसका बहुसँख्यकले गगन र विश्वप्रकाशतर्फ फर्केर हेरेका छन् । चुनाव जितेलगत्तै गगनले नेतृत्वमा रहेका अहिलेको पहिलो र दोस्रो तहले विश्राम लिनुपर्छ भनेपछि त्यो पंक्ति थप हौसिएको छ ।
विजेतालाई माला लगाइ दिएपछि पूर्वी नेपालबाटै विश्वप्रकाशले जनताले आफुलाई पार्टी सुधार्ने म्यान्डेट दिएको प्रतिक्रिया दिएका छन् । कांग्रेसका प्रभावशाली यी दुई युवा अब पार्टी यसरी चल्दैन भन्ने निष्कर्षमा आइपुग्दा देशभरको पराजयमा चिन्तित युवा पुस्तामा केही रोमाञ्चकता थपिएको छ । तर, के गगन र विश्वप्रकाशहरुले पार्टी सुधारका लागि जे भनिरहेका छन् , उनीहरुकै शब्दमा अपमान होइन हार्दिकताका साथ अहिलेको पुस्ताको विदाई गर्न अग्रसरता लेलान् ? कि तत्काल पार्टी कमजोर हुँदा कार्यकर्तामा आएको निराशा छोप्ने अभिव्यक्ति मात्र हुन् ? कांग्रेसका कार्यकर्ता मात्र होइन कांग्रेस सुध्रियोस् भन्ने अपेक्षा राख्नेले हेरिरहेका छन् ।
कांग्रेसका दोस्रो तहका मानिने महामन्त्री समेत रहेका शशांक कोइराला र प्रकाशमान सिंहले समेत चुनाव जितेका छन् । तर, उनीहरुसँग पार्टी सुधारको अपेक्षा कांग्रेस पंक्तिले गरेको देखिँदैन । यसको मतलब ‘विरासत’मा उदाएकाहरुबाट देशमा बढेको बाम दबदबासँग प्रतिस्पर्धा सकिन्न भन्ने निष्कर्षमा कांग्रेसजन पुगेको अर्थ लगाउन सकिन्छ । तर, तेस्रो तहका विश्व र गगनसँग अपेक्षा गरिएको छ । त्यसमा केही बलिया आधार भेटेको हुनुपर्छ कार्यकर्ताले । विश्वप्रकाश र गगनबारे केही सन्दर्भ उल्लेख गर्नु यहाँ सान्दर्भिक हुनसक्छ । यी दुई युवामा आशा गर्नुको पछाडी उनीहरुको विगतले पनि काम गरेको छ ।
राष्ट्रिय राजनीतिमा गगन थापाको उदय चुनौती मोलेरै, जोखिम उठाएरै भएको हो । पार्र्टी िभत्र होस् वा बाहिर उनी जोखिम उठाउन डराउँदैनन् । राजतन्त्र रहेका बेला गणतन्त्र भनेबापत राजद्रोहको मुद्धा खेपे । गणतन्त्र भनेबापत पार्टीमै ‘एजेन्ट’,‘दरबारिया’ जस्ता आरोप खेपे ।
तर विचलित भएनन् । अन्ततः पार्टी नै गगनको लाइनमा आइपुग्यो । कांग्रेसले आफुलाई संवैधानिक राजतन्त्र होइन गणतन्त्रवादी पार्टीमा रुपन्तरण ग¥यो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनीहरुसँग वैचारिक बहसमा थप खरो उत्रिए । ०६४ सालमा कमजोर अवस्थामा संसद भित्र पार्टी रहँदा पनि समानुपातिकतर्फबाट सांसद रहेका थापा संसदमा हराएनन् । सायद त्यसको प्रतिफल हुनुपर्छ गगनलाई ०७० को निर्वाचनमा काठमाडौं ४ का जनताले निर्र्वािचत गरेरै संसदमा पठाइदिए । यो गगनका लागि आफुलाई पुष्टि गर्ने राम्रो अवसर बन्यो । ‘बोल्ने’ नेताबाट उनले आफुलाई अवसर आउँदा ‘गर्ने’ नेताका रुपमा स्थापित गरे । कृषि तथा जलस्रोत समितिको सभापति हुँदा होस् वा स्वस्थ्यमन्त्री हुँदा धेरैले गगनमा ‘भावी प्रधानमन्त्री’ को छनक पाएका छन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठजोडकाबीच पनि काठमाडौं ४मा गगनको अनुमोदन सायद त्यसकै प्रतिफल हो । कांग्रेस आउँदो संसदमा प्रमुख प्रतिपक्षी दल बन्ने पकका भएसँगै संसदभित्र गगनको प्रखर भूमिका हुने अपेक्षा कांग्रेसजनले सामाजिक सञ्जालमा अभिव्यक्त गरिरहेका छन् । गगनको बुझाई पनि अबको संसद कांग्रेसको लागि सहज नहुने नै छ, यस्तो अवस्थामा संसदीय दलमा प्रमुख सचेतक बन्ने उनको स्वभाविक अपेक्षा हुनसक्छ । पार्टीभित्र पनि गगनले १३ औं महाधिवेशनमा जोखिम उठाए ।
वीपीपुत्र शशांक कोइरालासँग महामन्त्रीमा चुनाव लड्नु आन्तरिक विषय भएपनि कांग्रेसभित्र सामान्य विषय थिएन । त्यतिबेला गगनको राजनीति सकियो भन्ने चर्चा ‘गणेश प्रवृत्ती’हाबी रहेको कांग्रेसभित्र बाक्लै चल्यो । तर, परिणाम फरक आयो । गगन केन्द्रीय समितिमा मनोनित मात्र भएनन् मन्त्री नै बने । सायद महामन्त्रीमा निर्वाचन नलडेको भए गगन मन्त्री नबन्न पनि सक्थे । यसरी हेर्दा उनले जे पाएका छन्, त्यो जोखिम उठाएर, हस्तक्षेप गरेरै पाएका छन् । ‘अहिलेको पुस्ताले विश्राम लिनुपर्छ । नयाँ पुस्ताले हस्तक्षेप गर्नुपर्छ’ भन्ने अभिव्यक्ति त्यही गगन स्टाइलकै प्रतिविम्ब हो ।
विद्यार्थीकालबाटै नेविसंघको राजनीतिमा सक्रिय विश्वप्रकाश सोही संगठनको केन्द्रीय अध्यक्ष बने । कांग्रेसको सबैभन्दा सशक्त मानिने भ्रातृ संगठनको नेतृत्वमा शर्मा पुग्दा देशमा माओवादी युद्ध चरम अवस्थामा थियो । तर, शर्माले देशैभर संगठन निर्माणको अभियान रोकेनन् । लामो समय टिकेप्रथामा चलेको संगठनको आफुले नेतृत्व समालेको अवधिबाट विधानमा व्यवस्था भएकै २ वर्ष अगावै निर्वाचन गराएर नयाँ नेतृत्व हस्तान्तरण गरे । जुन कांग्रेसभित्र अपवाद नै हो ।
माओवादी हिंसाका बीच पनि उनले दूरदराजका गाउँगाउँमा संगठन निर्माण गरे । त्यतिबेला गरेको मेहनतले नै उनी कांग्रेसभित्र देशैभर नेटवर्क भएको नेताका रुपमा स्थापित छन् । कांगे्रसभित्र सुधारका लागि उनका ठोस कार्यक्रम पनि छन् । पार्टीको १३ औं महाधिवेशनमा उनले कांग्रेस सुधारका लागि १५ बुँदे प्रस्ताव नै अघि सारे । तर, नीति भन्दा नेतृत्व हाबी हुने कांग्रेसमा उनको प्रस्तावमा शीर्ष नेतृत्वले चासै दिएन । जसको सान्दर्भिकता अहिले थप बढेको छ । महाधिवेशन पछाडी कांग्रेसभित्र शीर्ष नेतृत्वमा बोलचालै बन्द थियो । मधेसमा आगो बलिरहँदा विश्वप्रकाश ‘मिसन मधेस’ भन्दै मधेस झरे । जलेश्वर र बानेश्वरको दूरी घटाउनुपर्ने प्रस्ताव बोकेर आए । बोलचालै बन्द रहेका शेरबहादुर देउवा,सुशील कोइराला र रामचन्द्र पौडेललाई एक ठाउँमा आउन सहमत गराए । राष्ट्रिय मुद्दामा विश्वप्रकाश विचार त दिन्छन् नै, समाधानका लागि नेतृत्व लिन पनि अग्रसर रहन्छन् भन्ने कुरा स्थापित छ । विश्वप्रकाश अध्यक्ष हुँदा नेविसंघमा उपाध्यक्ष रहेर काम गरेका गगनको बुझाई पनि त्यही छ,भन्छन् “विश्वप्रकाश समस्या भन्ने मात्र होइन समाधान खोज्ने नेता हो ।” अर्को उदाहरण सम्झन्छु, कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकतापछि जिल्लाहरुमा रहेका २ वटा सभापतिको विवाद मिलाउने कुरा बडो कठिन थियो । सिन्धुपाल्चोकमा कोइराला क्याम्पका ठुला नेता पुगेर लामो कसरतमा मिलाउन नसकेको विवाद विश्वप्रकाशले सहमतिमै टुंग्याइदिएको सिन्धुपाल्चोकका कांग्रेस नेताहरु अहिले पनि सम्झन्छन् ।
पार्र्टीिभत्र कुनै महत्वपूर्ण भूमिकामा नहुँदा पनि लेखेर,बोलेर राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गर्ने सामथ्र्य कांग्रेसभित्र औंलामा गणना गर्न सकिने नेतामा मात्र छ । त्यसमा विश्वप्रकाश अग्रपंक्तिमै आउँछन् । उनी राजनीतिको भाषामा ‘जुनियर’ भनिनेलाई पनि नेता मान्न तयार छन् । गगनलाई पार्टी सभापति र आफ्नो पुस्ताको प्रधानमन्त्री भन्नु त्यसकै उदाहरण हो । संगठन गतिशील बनाउन नेतृत्व गतिशील हुनैपर्छ । कांग्रेसभित्रको ठुलो समस्या यथास्थिति रुचाउनु, गतिशील नहुनु हो । त्यसलाई चिर्न पनि विश्वप्रकाश उपयुक्त पात्र हुन् । सांसदका रुपमा जिम्मेवारी नरहेकाले पार्टीका लागि समय दिनसक्ने, सैद्धान्तिक धरातल बलियो भएको, देशको भूगोल र पार्टी संगठनको तल्लो तह बुझेको, कार्यकर्ता परिचालन गर्न सक्ने र विरोधीको शालीन प्रतिरोध गर्ने सामथ्र्यका कारण पनि प्रतिकूलतामा कांग्रेसजनको नजर विश्वप्रकाशमा परेको बुझ्न सकिन्छ ।
गगन र विश्वप्रकाश अब पार्टी सनातनी शैलीबाट चल्दैन भन्ने निष्कर्षमा देखिन्छन् । यसको मतलव अब पार्टीमा हस्तक्षेप बढाउने भन्ने हो । अहिलेको पराजयमा जिम्मेवारी लिँदै शीर्ष नेतृत्व अघि बढ्यो भने गगन र विश्वप्रकाशका लागि अग्रसरताको बाटो सहज छ । तर, पदबिना रहनै नसक्ने संस्कार बोकेको अहिलेको नेतृत्वले त्यस्तो उदारता नदेखाउने अनुमान गर्न सकिन्छ । कांग्रेस मासमा आधारित पार्टी हो, भनिन्छ । ‘मासबेस’ पार्टी हो भने यो बलियो हुन मासलाई अपील गर्नसक्ने नेता पक्कै चाहिन्छ । अहिलेको परिणाममा कतै न कतै मास अपील गर्न नसक्ने शीर्ष नेतृत्व पनि जिम्मेवार छ । विश्व र गगनको समानता भनेको दुवैमा मासलाई अपील गर्नसक्ने सामथ्र्य हो । साँच्चै कांग्रेसमा पुनर्जागरण ल्याउने हो भने त्यस्तो अवस्थामा विशेष महाधिवेशनमा जानुपर्छ । सहजै शेरबहादुर देउवा,रामचन्द्र पौडेल त्यसका लागि तयार नहुन सक्छन् । त्यस्तो अवस्थामा विश्वप्रकाश,गगनसहित केन्द्रीय समितिमा रहेका उनीहरुको पुस्ताले गुटभन्दा माथि उठेर पार्टीमा जबर्जस्त हस्तक्षेप गर्न सक्ला ? विश्वप्रकाशले बारम्बार भन्ने गर्छन् ‘ वीपीसँग सपना थियो समय भएन, अहिलेको नेतृत्वसँग समय छ तर सपना भएन । ’ कांग्रेसको ठुलो पंक्ति यतिबेला विश्व र गगनतिर फर्केर भनिरहेको छ– तपाईंहरुसँग समय छ, के सुदृढ कांग्रेस बनाउने सपना पनि छ ?