
विर्तामोड, १ पुसः शेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि विर्तामोडमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सिडिएस एण्ड क्लियरिङ काठमाडौंको आयोजना तथा सुमेरु सेक्युरिटीज प्रालिको सहआयोजनामा सञ्चालित कार्यक्रममा आइपीओ, लिष्टिङ, प्रेस भुममेन्ट, शेयर लगानी गर्नुको कारण, लगानीका सूत्र, लगानी र जोखिम कमगर्ने तरिका, प्रतिफल र अपेक्षा अनुसार लगानी तथा शेयर लगानीका क्षेत्र लगायतका विषयमा जानकारी दिइएको थियो ।
शेयर लगानीकर्ताले लगानी गर्नुपूर्व जानकारी लिनुपर्ने, शेयर लगानीको कारण अर्थात व्यक्तिले शेयर लगानी गर्नुको कारणबारे जानकार हुनुपर्ने वा लगानी किन गर्दैछु भन्नेमा स्पष्ट हुनुपर्ने लगायतका विषयमा तथा सहभागिले राखेका शेयर बजारसम्बन्धी जिज्ञासाबारे बताइएको थियो ।
त्यस्तै शेयर बजारमा २०७३ सालदेखि प्रयोगमा आएको आस्वा प्रणाली अन्तरगत धितोपत्रको प्राथमिक निष्कासनबारे जानकारी गराइएको थियो ।
सुमेरु सेक्युरिटीजका सञ्चालक प्रेमकुमार अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनन्दा श्रेष्ठ, सुरेस न्योपाने, देवप्रकार गुप्ताले सहभागीलाई शेयरबजारका विविध विषयबारे जानकारी गराएका थिए ।
५० जना बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पदमसुन्दर लामिछानेले गरेका थिए ।