
विर्तामोड, १ पुसः सेवालाई विश्वसनीय र भर पर्दो बनाउने लक्ष्यका साथ झापाको काँकारभिट्टा, भद्रपुर, बुधबारेबाट आफ्नो सेवा विस्तार गरेको छ । यी स्थानबाट छुटेका बस धरान, विराटनगर, गाईघाट, कटारी, राजवीराज, जनकपुर, फत्तेपुर, वीरगञ्ज ,सिन्धुलीसम्म पुग्ने प्रालिका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले बताए ।
झापाका विभिन्न स्थानबाट यात्रु वर्गलाई प्रदान गरिएको सुविधाबारे जानकारी गराएको छ । झापाको बिर्तामोडमा प्रधान कार्यलय सञ्चालनमा ल्याएको प्रालिले शुत्रबार एक कार्यक्रम गरी यात्रुले पाउने सुविधाबारे जानकारी गराएको हो ।
यात्रुवर्गलाई गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्न उद्देश्यका साथ सूर्योदय यातायात सञ्चालनमा ल्याएको छ । बसमा व्यवस्था गरिएको सिसी क्यामेरा र मनोरञ्जनका लागी प्रत्येक बसमा यात्रुलाई थप सेवा पु¥याउने न्यौपानेले बताए ।
बसले यात्रुहरुको टिकटलाई प्रत्येक महिनाको ५ गते लक्की ड्रमा सहभागी गराई प्रथम हुनेलाई ३२ इन्चको एलसिडी टिभी, दोस्रो हुनेलाई एक थान राइसकुकर र तेस्रो हुनेलाई एक थान भित्तेघडी उपलब्ध गराउने जनाएको छ । सूर्योदयले १३ करोडको लगानीमा उक्त सेवा शुरु गरेको हो । यात्रुको माग अनुसार थप सेवा विस्तार गरिने छ ।