इलाममा साहित्य मार्फत लेखनाथको सम्झना

इलाम, १५ पुस : इलामका साहित्यकारहरुले शनिबार कवि शिरोमणी लेखनाथ पौड्याललाई साहित्य मार्फत सम्झिएका छन् । विश्व नारी नेपाली साहित्य सम्मेलन इलामको नियमित श्रृङ्खला साहित्य संगमको ४० औ श्रृङखला मार्फत शिरोमणी पौड्याललाई सम्झिएको हो । सोही अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल प्रति श्रद्धा र सम्झना गर्दै पौड्यालको फोटोमा माल्यार्पण समेत गरियो । 
लेखनाथ पौड्यालका साहित्यिक व्यक्तित्व एवम कृतित्वका बारेमा छलफलका साथै उनका कविता वाचन समेत गरिएको थियो । कार्यक्रममा जीवनहरी शर्मा, देवी गौतम, बिमल वैद्य, गीताराम निरौला लगायत दर्जन बढी कवि तथा साहित्यकारहरुले साहित्य वाचन गरेका थिए । संस्थाकी अध्यक्ष प्रतिभा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्यका शिर्षस्त ब्यक्तित्व कवि शिरोमणि लेखनाथ पौड्यालको १ सय ३४ औँ जन्मजयन्ती समेत मनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता