
इलाम, १५ पुसः इलामको सूर्योदय नगरपालिका फिक्कलबाट अर्को नयाँ रेडियो बुद्धबाणीले परिक्षण प्रसारण शरु गरेको छ ।
सूर्योदय सञ्चार विकास केन्द्रद्वारा उक्त रेडियोले गत पुस ११ गतेबाट परिक्षण प्रसारण सुरु गरेको हो । सोहि रेडियोको आव्हानमा गत पौष ५ गतेबाट १० दिने रेडियो उद्घघोषण, समाचार बाचन तथा कर्यक्रम उत्पादन सम्वन्धि तालिम समेत संचालन गरिरहेको छ। सो तालिमलाई रेडयो नेपालका कार्यकारी निर्देशक डा. नवराज लम्साल, कार्यक्रम प्रस्तोता अमरध्वज लामा र नेपाल टेलभिजनका जिल्ला संवाददाता विजयशेखर भट्टराईले सहजिकरण गरेका थिए ।
सूर्योदय नगरपालिका क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान गरिरहेका पत्रकार दिनेश कुमार महतले ४० लाखको लगानीमा रेडियो संञ्चालनमा ल्याएका हुन् । रेडियो बुद्धबाँणी ९५.७ मेगाहर्जमा सुन्न सकिन्छ।
रेडियोको औपचारिक उद्घाटन पुस १६ मा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालको प्रमुख आथित्यता तथा रेडियो नेपालका कार्यकारी निर्देशक, साहित्यकार डा. नवराज लम्सालको विशेष आथित्यता तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ विविध कार्यक्रमका साथ गरिने रेडियोका संचालक महतले जानकारी दिए ।