शताब्दी सकोसको अध्यक्षमा पुनः बबुल, गत आ.व.मा तेईस करोड बढीको कारोवार

इलाम, १६ पुसः सत्र वर्ष अघिदेखि इलाममा संचालन हुँदै आएको शताब्दी बचत तथा ऋण सहकारी संस्थाको छैटौं अधिवेशनमा बबुल भक्तराज अध्यक्षमा चयन भएका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले पुनः भक्तराजको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा जीतबहादुर खड्का, द्वितिय उपाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् । 
त्यस्तै सचिवमा मोहनकुमार विष्ट, कोषाध्यक्षमा विजयकुमार कार्की तथा सदस्यहरुमा बुद्धिमान भण्डारी, श्रीबहादुर शिवा, उत्तम पौड्ेल, तारादेवी गुरुङ, मन्दिरा श्रेष्ठ र नानुका खत्री चयन भएका छन् । सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा हेमसागर पोखरेल र सदस्यहरुमा दलबहादुर योञ्जन र मुनादेवी खड्का विष्ट चयन भएका छन् ।
आर्थिक वर्ष ०७३÷७४ मा संस्थाले कुल २३ करोड ६ लाख १४ हजार ७ सय ६४ रुपैयाँको कारोवार गरेको छ । १ हजार ३ सय ९५ जना सदस्य रहेको संस्थामा सदस्यहरुको बचत रकम करिब ९ करोड रहेको छ । सदस्यहरुलाई राहत तथा हित कार्यक्रम अन्र्तगत संस्थाले मृतक सदस्य राहत कोष, एम्बुलेन्स भाँडामा छुट सुविधा, सुत्केरी पोषण खर्च र गम्भीर प्रकृतिको रोग उपचार खर्च समेत उपलब्ध गराउँदै आएको छ । संस्थाले आरुना ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक सदस्यहरुलाई वार्षिक रुपमा एक हजार उपचार खर्च उपलब्ध गराउँदै आएकोमा आगामी आ.व.देखि १ हजार दुई सय रुपैंयाँ उपलब्ध गराउने भएको छ । 
सामाजिक दायित्व पुरा गर्ने उद्देश्यका साथ वार्षिक उत्सवमा सामाजिक क्षेत्रमा काम गर्दै आएको संघ संस्थाहरुलाई पनि सहयोग गर्ने क्रममा यसवर्ष इलामका सहयोगी हात नामक संस्थालाई ५ हजार ५ सय रुपैंयाँ समेत प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै साधारण सभाकै अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई समेत पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा सहकारी बाहिरका व्यक्तित्वमा डा. भुपाल थापा र सहकारीको शेयर सदस्य मध्येबाट रोमनाथ आचार्य रहेका छन् । सहकारीकै उत्कृष्ट ऋणी सदस्यहरुमा तारादेवी गुरुङ, गायत्री लिम्बु, पिताम्बर आचार्य नियमित दैनिक बचतकर्ता सदस्यमा यज्ञप्रसाद नेपाल र कमला मोक्तान नियमित मासिक बचतकर्ता सदस्यहरुमा दुर्गाप्रसाद दुलाल र पुष्पादेवी भट्टराई बढी शेयर खरिदकर्ता सदस्यहरुमा चन्द्रमाया कार्की र संविधान कार्की रहेका छन् । 
यसै गरी संस्थामा आवद्ध शेयर सदस्यका छोरा–छोरी मध्ये २०७३ सालको एसईई परीक्षा, कक्षा ८ र कक्षा ५को जिल्ला स्तरीय परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र–छात्राहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । जसमा एसईई परीक्षा तर्फ ग्रीनभ्याली एकाडेमी इलामकी मेरिना श्रेष्ठ, दिक्षा महत, जेनी श्रेष्ठ मण्टेश्वरी सेकेण्डरी स्कुल इलामकी अनु राई र उमर माध्यमिक विद्यालय बरबोटकी शुभेच्छा खवास रहेका थिए भने कक्षा ८ तर्फ ग्रीनभ्यालीकी रोमिया वैद्य र जुविलेन्ट इलाइट एकाडेमी इलामका बिजु राई एवम कक्षा ५ तर्फ जुविलेन्ट इलाइट एकाडेमी इलामकै साम्योकहाङ लिम्बु र मण्टेश्वरी सेकेण्डरी स्कुल इलामकी नम्रता सापकोटा रहेका थिए ।
संस्थाका अध्यक्ष बबुल भक्तराजको अध्यक्ष्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल सहित डिभिजन सहकारी कार्यालयका प्रमुख लालबहादुर श्रेष्ठ, सुनगाभा बचत तथा ऋण सहकारीका इश्वर सुवेदी, इलाम अस्पताल विकास समितिका अध्यक्ष केदार थापा, पत्रकार राजेश पराजुली, सहकारीकर्मी रविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सन् २००० जनवरी १ को दिन संस्थाको स्थापना भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता