
नयाँबजार, ४ पौष, माईजोगमाई गाउपालिका अन्र्तगत नयाँबजारमा रहेको लक्ष्मी लघुवित्तले आज एक कार्यक्रम विच विमा रकम तथा शारीरिक अशसक्ता कमजोरी भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तानतरण गरेको छ । स्थानीय मृतक दिलमाया तामाङ्गको छोरा आयुष तामाङ्गलाई विमा रकम स्वरुप रु. १ लाख ६५ हजार ,मृतक सदस्य गिता कुमारी श्रेष्ठको छोरा लिला श्रेष्ठलाई विमा रकम स्वरुप रु. १ लाख ६५ हजार र स्थानीय मृतक टिका गुरुङ्गको श्रीमान खडक बहादुर गुरुङ्गलाई विमा रकम स्वरुप रु. १ लाख ३२ हजार प्रदान गरेको हो ।

विमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले हस्तान्तरण गरेका हुन । संस्थामा महिला समूहका सदस्यहरुको कृर्षि परियोजन गर्नको लागि लिएको कर्जा अवधिमै उहाहरुको निधन भएकोेले उतm विमा रकम दिएको प्रमुख चौधरीले जानकारी समेत गराए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको विमा समेत गरीने हुदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले वताए । नयाँवजारमा लक्ष्मी लघुवित्त वि. सं २०७० फाल्गुन ०२ गते स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गदै आई रहेको छ । संस्थाले विपप्न परिवार तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी लघुवित्त कार्यक्रम माफर्त जनताहरुको अर्थिक रुपमा जिवन स्तर सुधार गर्दै आईरहेको छ ।