- देवि अधिकारी

माईजोग्माई, ४ पुसः इलामको माई जोगमाई गाउपलिका वाड नं १ सङखावुङमा रहेको श्री शारदा आधारभुत विधालयको विविध कार्यक्रम गरी वाषिर्क उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
२०१२ सालमा स्थापना भएको विधालयले वाषिर्क रुपमा विभिन्न खेलकूद तथा सास्कृतीक कार्यक्रमहरु गदै आएको विधालयले यो साल पनी विधालयमा खेलकूद तर्प भाले जुदाई,म्यूजीकल चियर , छेलो हान्ने हाडी फुटाउने पिलो फाईट लगायतका विविध खेल तथा सास्कृतीक कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रम्मा विजेता विधार्थीहरु लाई पुरस्कार समेत वितरण गरीएको थियो ।
कार्यक्रम्मा स्थानीय वासी तथा यस विद्यलयका पुर्व विध्यार्थी नारायण प्रसाद चदारले श्री शारदा आधारभूत विधलयमा रु ५१ हजारको अक्षय कोष स्थापनाको लागी चेक समेत विधालयका प्रध्यानाध्यपक ढाका नाथ खतीवडालाई हरुतान्तरण गर्नु भएको हो । चदाराले दिवङगत वुवा दिलबहादुर र आमा नैनाकुमारी चदारको नाम्मा स्थापना गर्नु भएको हो । उतm कोषको वार्षिक व्याज रकम वाट विधालयमा अध्यानरत जेहेन्दार, गरीव र उत्कृष्ठ नतीजा ल्याउने ३ विधार्थीहरुलाई वाषिक रुपमा छात्रा वृति वितरण गर्नै गरी स्थापना गरीएको चदारल वताउनु भयो । उतm कोषको स्थापना चदारा परीवारका सदस्य हरुवाट गरीएको र आगामी सालमै स्थानीय जोग्माई खोलाको घाटमा मलामी टहरा समेत निर्मार्ण गर्ने योजना समेत रहेको चदाराको भनाई छ ।
आयोजीत कार्यक्रम्मा विधालयमा अध्यानरत विद्यर्थीहरु क्रमश नरु थापा अनिल लिम्वु र विपना रसाइली लाई प्रदान गरीएको थियो ।
आयोजीत वार्षिक उत्सव कार्यक्रम्मा अध्यक्षता विद्यलय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दावा तेन्जी शेर्पाले गर्नुभएको थियो भने प्रमुख अतिथि माईजोग्माई गाउपालीकाका श्रोत व्यर्ती केशव राज पौडेल लगायतको उपस्थीतीमा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य विद्यलयका प्रधान्ध्यापक ढाकानाथ खतिवडाले राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन शिक्षक देवि सुवेदीले गर्नु भएको थियो साथै कार्यक्रम्मा नयाँवजार ६ साङखावुङमै रहेको साङगछालीङग गुम्वाका लामा छेतेनले शरदा आधारभुत विधालयका विधार्थीहरुलाई कापी कलम समेत वितरण गर्नु भएको छ ।