देशमा व्यवस्था फेरीयो, मजदुरको दुख फेरीएन

इलामःचिया वगानको चिसोमा बहने “स्याठ”को वेवास्था गर्दै कन्याम चिया वगानकी टेकमाया महत वेत पुगेका चिया “स्किप”मा व्यस्त थिइन् । महतले सुनाइन् “राजनीतिक व्यवस्था फेरीयो तर हाम्रो दुख कहिलै फेरीएन ।”
कन्याम चिया वगानमा ३१ बर्ष देखि बगानमा मजदुरी गर्ने महतको जस्तै अनुभव छ वगानमा कार्यरत अरु मजदुरको पनि ।  
दशक देखिको वेतन वृद्धि र सुविधाका मागहरुका लागि वगान व्यवस्थापनसंग सामुहिक माग गर्दै आएका उनीहरुको मन मर्न थालेको हो । यस पटक दलका उम्मेदारहरु पनि उनीहरुको माग पुरा गर्न नसकेको कारण नै “भोट बैंक” मानिने चिया मजदुरसामु नपुगेको उनीहरुले सुनाए ।  
कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया वगानका मजदुरले सरकारले राजपत्रमा प्रकाशन गरेको ज्याल समेत नपाएको उनीहरुको दशक लामो गुनासो अहिले पनि उस्तै छ ।   
टिपीसकेको चियाको टुप्पो धारीलो छुरीले छप्काउँदै मजदुर महतले गुनास ेगरिन आश्वासन दिने धेरै भए हाम्रो माग सम्बनेधन गर्ने कोहि आएन । 
नेपाल चिया मजदुर श्रमिक संघकी केन्द्रिय उपाध्यक्ष नर्वदा निरौलाले पनि व्यवस्था परिवर्तनले मजदुरको माग पुरा नगरेपछि वगान व्यवस्थापनसंग मिलेरै समस्या समाधानको बाटोमा लागेको बताइन् । इलामका चारवटै वगानमा श्रमिकका लागि स्वास्थ, शिक्षा, बसोबासको सामान्य प्रवन्ध समेत नगरेको प्रति मजदुरको गतिले गुनासो रहेको छ । 
मजदुर महतले सुनाइन् “थर्मस देखि डोको नाम्लो समेत पाएका छैनौ अहिले विहान ८ बजेदेखि ४ बजे सम्म काम गर्दा पाउने दैनिक २४१ रुपयाँले नानीहरु पढाउनु की आफु बाच्नु ।”
मजदुरका यस्तै प्रश्नको झिरमा उनिने डरले दलका नेताहरुले निर्वाचन अघि मजदुरहरुलाई सामुहिक रुपमा भेट्न उत्साह देखाएका थिएनन् । 
सरकारले तोकेको ज्याला झापाका वर्ने, टोक्ला र वाह्रदशी चिया वगानका मजदुरले मात्र पाएपछि पहाडका मजदुरमाथि भएको विभेदको समाधान गर्न सबैदल असक्षम भएको मजदुर धनमाया प्रधानले गुनासो गरिन । 
चिया विकास निगम अन्तरगतको संघाइ समुहलाई ठेक्कामा दिएपछि मजदुरका पक्षमा वोल्ने क्षमता सरकारले पनि गुमाएको प्रति मजदुर नेताहरु निक्कै आक्रोस छ । 
वगानमा अहिले काम गर्न सक्ने पुरुष छैनन् । महिला मात्रै काम गरिरहेका छन् । यसको कारण कम बेतन नै भएको उनीहरुको भनाई छ । 
इलामका वगानमा ४६ बर्ष देखि काम गर्ने मजदुर पनि अरु विकल्प नपाउँदा जीवनका अन्तिम प्रहरहरु चियावगानका बुट्टाहरुमा विताई  रहेका छन् । उनिहरुको जिवन झनै टिठलाग्दो छ । कन्याम चिया कारखाना बनाउँदा गिटी बोको अनुभव सुनाउने माया तामाङले भनिन् “ हाम्रो दुख बुझ्ने कोहि आएन ।” उनले वगानले कम वेतन दिएकाले काम हुँदा आफुपनि गाउँमै काम खोजेर गुजारा गर्ने गरेको बताइन् ।
घरवार चल्ने वेतन नपाएकै कारण चिया वगानमा काम गर्ने मजदुरहरु कोहि अरु पेशामा त केहि बैदेशीक रोजगारमा गएका छन् ।  
पाँच बर्ष अघि १३५ चिया मजदुर लाइन लागेर काम गरेको देखिने इलाम सदरमुकामको चिया वगनामा अहिले २६ जना मात्र स्थायी कर्मचारी रहेका छन् । सो वगानमा ३४ जना करारका कामदार लगाएर काम जारी राखेको वगान प्रशासनले जनाएको छ । त्यहाँका कर्मचारीले दैनिक २४१ रुपयाँ ज्याला पाउने गरेका छन् । 
कन्याम चिया वगानमा पनि अहिल स्थायी  कामदार घट्ने क्रममा रहेको नेपाल चिया मजदुर श्रमिक संघ कन्यामका सचिव अम्बर निरौराले जानकारी दिए । त्यहाँ ८० जना करारका श्रमीक काम गरिरहेका छन् । सरकारले तोकेको २५४ रुपयाँ दैनिक ज्यालाको व्यवस्था गरेपनि वगानका श्रमिकले सो रकम नपाएको श्रमिकहरुले बताए । 
वगान छोडेका कामदारले अहिले दैनिक पाँच सय रुपयाँ सम्म कमाउँछन् । सिजनमा वगानकै मजदुर पनि गाउँका नीजि वगानमा चिया टिपेर दैनिक पाँच सय कमाउने गरेका छन् । कतिपयले काम नहुँदा मात्र वगानमा आउने गरेको बताए ।  
जिल्लका कन्याम, इलाम, शोत्तिम र चिलिमकोट चिया बगानबाट चार सय ४६ भन्दा बढि मजदुर विस्थापित भएका छन् ।  
    सरकारी स्वामित्वमा रहेका यी चिया बगान र कारखानामा २०५७ सालमा आठ सय ५८ जना मजदुर कार्यरत थिए । २०५७ सालमा चिया बगान र कारखाना निजीकरणसँगै मजदुर विस्थापित भएका छन् । निजिकरण गरिए पछि व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा कटौती गरेपछि परिवार पाल्न नसक्ने भएकाले मजदुर चिया बगान छोडेर रोजगारीका लागि अन्य स्थान तिर जाने गरेका हुन् । चार सय ७३ स्थायी मजदुर रहेको देशको ठुलो अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा यतिबेला १०५ मजदुर कार्यरत रहेका छन् । यस्तै एक सय ६५ जना स्थायी मजदुर रहेको इलाम चिया बगानमा २६ जना मात्र रहेका छन् । शोक्तिम, चिलिमकोट चिया बगानमा पनि केहि मजदुर मात्र स्थायी छन् अरु करारमा काम गर्दछन् । 
    सरकारको पूर्ण स्वामीत्वमा रहेको नेपाल चिया विकास निगम २०५७ सालमा संघाई ग्रुपलाई ५० बर्षका लागि भाडामा दिएपछि मजदुरहरु भने मारमा परेको गुनासो गर्दै आएका छन् । विस्थापित मजदुर भारतको दार्जिलिङ्ग, सिक्किम, गान्टोक, भारतका कोइला खानी र खाडी मुलुकमा पुगेको अध्यक्ष फुयालले बताए । अन्नपूर्णबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता