अन्तिम चरणमा समानुपातिक मतगणनाः कांग्रेसले घटायो मतान्तर

इलाम, २९ मंसिरः प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।निर्वाचन आयोगका अनुसार, एमालेले २९ लाख ५३ हजार मत हासिल गरेको छ । कांग्रेसले एमालेसँगको मतान्तर घटाउँदै पछिल्लो मत परिणाममा कांग्रेसले २८ लाख ७४ हजार ४ सय मत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले ११ लाख ८५ हजार ४ सय १० तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १८ हजार मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ८१ हजार ९ सय १५, विवेकशील साझा पार्टीले १ लाख ९७ हजार ३ सय ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार ३ सय ३२ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता