इलाम, २३ पुसः आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इलामको १३ औं बार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति आगामी ४ बर्षका लागि निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रविन श्रेष्ठ, सचिवमा सिनेट श्रेष्ठ, सहसचिवमा बालकुमारी देवान र कोषाध्यक्षमा सुदिप श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुमा ज्ञानबहादुर राई, अर्जुन श्रेष्ठ, कृष्ण श्रेष्ठ, महादेव श्रेष्ठ, चन्द्रकला भक्तराज र अञ्जुली श्रेष्ठ रहेका छन् ।
अधिवेशनले सन्तोस श्रेष्ठको संयोजकत्वमा ३ सदस्सीय समिति समेत गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा गम्भीर पौडेल र गोपाल दुलाल रहेका छन् । संस्थाले पेश गरेको ११ करोड ७१ लाख १८ हजार बराबरको कारोबार सभाले पारित गरेको छ । तत्कालिन अध्यक्ष महादेव श्रेष्ठद्वारा पेश गरिएको प्रगति प्रतिवेदन, गम्भीर पौडेलद्वारा पेश गरिएको लेखा समितिको प्रतिवेदन र सन्तोस श्रेष्ठद्वारा पेश गरिएको आर्थिक प्रतिवेदन सभाले पास गरेको थियो ।
संस्थाका उत्कृष्ट बचतकर्ताहरु जीवन दहाल र दुर्गेश्वरी कुमारी श्रेष्ठ, उत्कृष्ट शेयर सदस्य रीता श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता सफलता श्रेष्ठ, उत्कृष्ट ऋणी सदस्यहरु श्रीबहादुर पोर्तेल, ध्रुब श्रेष्ठ, कल्पना आचार्य, विष्णुमाया तामाङलाई कार्यक्रममा सम्मान गरिएको थियो । यसै गरि एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयरधनीका छोराछोरीहरु जेनिथ राजलवट, मेरिना श्रेष्ठ, दीक्षा खड्कालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । संस्थाले आगामी दिनमा विशेष ब्यवसाय सञ्चालन गरि अघि बढ्नका लागि ब्यवसाय सम्भाव्यता संयोजन समिति रमेश श्रेष्ठको अध्यक्षतामा गठन गरेको थियो ।