बुद्धशान्ति गाँउपालिकामा पुर्वाञ्चलकै सबै भन्दा ठुलो बौद्ध गुम्बा निर्माण हुने

  • आयुष निरौला

शान्तिनगर, २३ पुसः झापाको बुद्धशान्ति गाँउपालिका ४ मा पुर्वाञ्चलकै सबै भन्दा ठुलो बौद्ध गुम्बा निर्माण हुने भएको छ । बुद्धशान्तिको साविक टिमाई शिबिर भएको स्थानसंगै जोडीएको जमिनमा पुर्वाञ्चलकै सबै भन्दा ठुलो ङाग्युर साङ्गक्षोलिङ्ग बौद्ध गुम्बा निर्माण हुने भएको हो ।
निर्माण चरण सुरु गर्नु भन्दा अघी आयोजना गरिएको भुमि पुजा एंवम गुम्बा सिलन्यास कार्यक्रममा निर्माण हुन लागेको गुम्बा पूर्वाञ्चलकैै ठुलो गुम्बा बनाउने लक्ष्य राखेको संयोजन समितिका संयोजक भक्क्त ग्लानले बताउनुभएको छ ।
भुमिशान्ति ,विश्वमा शान्तिको कामना, साथै गाँउपालिकाको नाम पनि बुद्धशान्ति रहेको, बुद्धशान्तिमा लामा बस्ने गुम्बा नभएको र बुद्ध नेपालमै जन्मिएको प्रमाणित गर्न तथा बुद्धशान्ति गाउपालीकालाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा स्थापित गराउन बौद्धगुम्बा र बुद्धपार्क पनि निर्माण गर्न लागिएको संयोजक ग्लानले बताउनुभयो । 
गुम्बाको आज भुमिपुजा सालाङसी गरेर शिलान्यास गरिएको छ । सिक्किमका पुर्व राजाको अवतर बौद्ध धर्म गुरु खेन्चेन नाम्डोल रिम्पोछेले आज विशेष कार्यक्रमका बिच गुम्बाको शिलान्यास गर्नुभएको हो । 
उहाको नेतृतव र पेम्बा गोलेको बिषेश पहलमा उक्त कार्य अगाडी बढेको हो । स्थानिय शिक्षासेवी तिलक पाख्रीन, समाजसेवी प्रियाराज मोक्तान, भक्त बहादुर ग्लान र पेम्बा गोलेले संयुक्त रु्रपमा गुम्बा निर्माणका लागि आवश्यक १६ कट्ठा जमिन प्रदान गरेपछि निर्माणको काम सुरु हुन लागेको सचिव तिलक पाख्रीनले बताउनुभयो । उहाका अनुसार अरु ७ कट्ठा जमिन पनि किनिसकिएको तर ऋण तिर्न बाँकि रहेको भन्दै थप सहयोगका लागि आब्हवान गर्नुभएको छ । 
गुम्बा निर्माणका लागि ७५ प्रतिशत लगानी सिक्किमको पुर्वराजाको अवतरी नाम्डोल खेन्चेन रिम्पोछेको संस्थाले गर्नेभएको छ भने बाँकि २५ प्रतिशत स्थानियको तफृबाट हुने आर्थीक संयोजक मेन बहादुर थिङले बताउनुभयो । बौद्ध गुम्बा एक महिना भित्रै बनाउन सुरु गरिने र ५ बर्ष भित्रमा बनिसक्ने समितिले जनाएको छ । 
कार्यक्रममा आमन्त्रित ३० जनाबढी लामाहरुको उपस्थिति रहेको थियो भने लामाहरुले भुमिशान्तिका लागि झाकि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ९ बर्षदेखि १९ बर्ष सम्म गुफा बसेका साथै २० बर्षसम्म नबोलि बसेका २० जना धार्मीक व्याक्तित्व लामाहरु र आनीलाहरु र झापाका विभिन्न ठाँउ, छिमेकी जिल्ला बासीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता