
इलाम, २८ पुसः इलामको पर्यटकीय स्थल श्रीअन्तुमा रहेको अन्तु कटेजमा आज बिहान ५ः३० मा आगलागी भएको छ । सूर्योदय नगरपालिका श्रीअन्तुमा रहेको कटेजको स्टोर र बारमा आगलागी हुँदा ९ लाख बरावरको खाध्यन पेयपदर्थ र लत्ताकपडा जलेर नस्ट भएको सञ्चालक धरणी घिमिरेले जानकारी गराए । आगलागिबाट एउटा भवन पूर्ण नस्ट भएको र कटेजमा भएको कुकुरको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागि कसरी भयो भनेर खुल्न नसकेको र प्रहरीले अनुशन्धान गरिरहेको बताएको छ ।
कटेजको एउटा भनवन जलेर नस्ट भएको भए पनि केटेजे आफ्नो सेवासुविधा भने सुचारु गरिहने सञ्जालक रुद्र घिमिरेले जानकारी गराए ।


