आयत प्रतिस्थापनमा जोड

बिर्तामोड, २७ पुसः नेपाल उद्यमशील महिलासंघ झापाले आयत निर्यात विषयमा केन्द्रित रहेर बिहीबार अन्तरक्रिया सम्पन्न गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा झापाका उद्यमी महिलाहरुले उत्पादित बस्तुको बजारीकरण प्रमुख समस्या भएको बताए । बजारको अभावका कारण उत्पादित बस्तुले उचित मुल्य पाउन नसकेको गुनासो उनीहरुले पोखे । 
महिलाको गुनासोलाई सम्बोधन गर्दै राणले निर्यात व्यापारको सहजीकरण कसरी गर्ने भनेर व्यापार तथा निकासी प्रवद्र्धन  केन्द्र लागि परेको बताए । आयत हुने बस्तुको प्रतिस्थापन गर्न राणाले जोड दिए । उत्पादित बस्तुको बजार स्थानीय तहमा चिन्न नसकेको कारण उद्यमी महिला थप समस्यामा परेको उनले बताए ।  झापाको उत्पादन अन्र्तराष्ट्रिय बजारसम्म निर्यात गर्ने विषयमा केन्द्रीय समितिमा छलफलल गर्ने प्रतिवद्धता उनले जनाए । 
कार्यक्रममा नेपाल उद्यमशील महिला संघकी केन्द्रीय सचिव मेनुका मैनाली ,नेपाल अलँैची व्यवसायी महासंघका महासचिव ओम विमली लगायतले सुझाव राखेका  थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता