वन पैदावरको सातौँ महाधिवेशन सम्पन्न

इलाम २८ पुसः इलाममा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय वन पैदावर ब्यवसायी संघको सातौँ महाधिवेशन इलाम सदरमुकाममा बिहीबार सम्पन्न भएको छ । विसंं२०५९ सालमा स्थापना भएको संघले सातौँ महाधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा महासचिव बुद्धकुमार राईले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
उनले प्रस्तुत गरेको प्रतिवेदनमा वृक्षारोपण, बिरुवा वितरण, प्राकृतिक प्रकोपमा सहयोग, खेलकुद क्षेत्रमा सहयोग, ईन्धन आपुर्तिमा सहयोग, सांस्कृतिक कार्यक्रम, भूमिदान, बिमा योजना, आर्थिक सहयोग लगायतका विषयमा समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा आवद्ध सदस्यहरुको हितमा गरेका कार्यहरुलाई समेटिएको छ ।
त्यस्तै कोषाध्यक्ष खगेन्द्रप्रसाद दुलालले संघको खातामा ४९ लाख ९१ हजार २ सय ८९ रुपैयाँ मौज्दात रहेको उल्लेख छ । अघिल्लो कार्यकालमा ४२ लाख ७० हजार ९ सय ९० रुपैयाँ रहेकोमा यस कार्यकालमा ७ लाख २० हजार २ सय ९९ खुद आम्दानी भएको उल्लेख छ । संघका अध्यक्ष सोनाम छिरिङ काजीको अध्यक्षता तथा इलाम निर्वाचन क्षेत्र २ (क)का प्रदेश सभाका सांसद राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेनियर संघका कार्यवाहक अध्यक्ष दिपक पाण्डे, नेपाल प्लाइउड संघका दिनेश चापागाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
संघमा हाल करिब ३ सय ब्यवसायी आवद्ध छन् । अधिवेशनबाट तीन वर्षका लागि नयाँ कार्य समिति चयन हुने छ । यस अघिको अधिवेशन २०७१ साल फागुन १० गते सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता