‘पत्रकारहरु सधै अभाव, दबाब र प्रभावबाट झेलिन बाध्य छन्’

इलाम, २८ पुसः पत्रकारहरु सधै अभाव, दबाब र प्रभावबाट झेलिन बाध्य भइरहेको इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा पत्रकारहरुले बताएका छन् । इलाम सदरमुकामबाट प्रकाशित हुँदै आएको चियाबारी दैनिकका प्रकासन समूह र सञ्चालक समितिले इलामका क्रियाशिल पत्रकारहरुसँग बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित पत्रकारहरुले पत्रकारितालाई ब्यवसायिक बनाएर अघि बढाउनु पर्नेमा जोड  दिएका थिए ।  
दुईवर्ष पूरा भइ तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा चियाबारी दैनिकले पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो । उक्त पत्रिकाका प्रकाशक राजेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु विप्लब भट्टराई, सविता पाण्डे, चियाबारी दैनिकका सञ्चालक समिति सदस्य सुनिल गौतम, कार्यकारी सम्पादक टीका खतिवडा, सहसम्पादक विनय तिम्सिनाले मन्तव्य राखेका थियो ।
 पत्रिकाका सम्पादक सुदिप श्रेष्ठले चियाबारी दैनिकलाई निरन्तर रुपमा सहयोग गर्ने पत्रिकाका सम्पूर्ण टिम, सञ्चालक समिति तथा इलामका सबै पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्तै किसिमको साथ र सहयोग सदैव राखिदिन आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता