
इलाम २७ पुषः इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका ४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
सामान्य भनाभन पछि डिल्लीले गंगालाई दाउराले हानेर हत्या गरेको वताइएको छ । मादक पदार्थ सेवन गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भएपनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हत्या पछि डिल्लीले इलाम नगरपालिका ११ सोयाककी सात वर्षिय सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको वताइएको छ । मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाई छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ ।
शवको पोष्माटमका लागि जिल्ला अस्पताल इलाममा लगिँदै गरेको छ ।
अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।