
मैले भने ‘म नेपाल फर्केर एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि ऊ एकछिन बोलिन, सायद यो बिषयमा बोल्न सबै लाज वा डर मान्छन् ।
मेरो तर्क खासै गलत थिएन किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तनमा बढी आकर्षित हुन् अनि Flirting , Chatting र Dating बाट सुरु भएको त्यो लामो प्रेम कथा Make up नहुने गरि Barack up मा सकियोस् ।
म अब चाहन्न कि नौ कक्षा पढ्दै गरेका भाई बहिनीहरु लभ गर्दै गर्दै सब गर्ने अवस्थामा पुगुन् र त्यो Sex नामक मस्तीको गस्ती गर्दै गर्दा बजारमा ‘काण्ड’ निक्लियोस जो तपाई हामी जस्ता बोकाको हातमा परोस् र Viral बनोस अनि नतिजा एउटा नपत्याको आत्महत्याको
म अब You Tube मा Nepali Comedy Video भनेर खोज्दा नाङ्गा र बाङ्गा Thumbnail सहितका कलाहीन छाडा भिडियो हेर्न चाहन्न जो हेर्दा बादरको पुच्छर लौरो न हतियार भन्ने उखानको याद आओंस् यी सबै बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्न चाहन्छु ।
Valentine Day मा कुरो मिलेन भनेर लफडा गर्ने अर्थहीन दिनहरुको अन्त्यको लागि भए पनि म बेश्यालय खोल्न चाहन्छु ।
Local Bus वा Public Places मा एउटी केटीको तिग्रा नचिमोटियोस्, छाती नछामियोस् र ऊ कुकुर जसरी नजिस्क्याइयोस् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु ।
साना साना नानीहरु बिहान बिहानै बलात्कृत आसुसंग नडराउन् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु ।
Facebook Group मा जुत्ता Shopping गरे जसरी केटिले केटा र केटाले केटिलाई एक अर्काको जिगर र फिगरको आधारमा shopping गर्दै गर्दा म त Single छु, हजुर नि ? भन्ने post देख्नु नपरोस् भन्ने सोचले पनि यी बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्नु नै ठिक होला जस्तो लाग्यो ।
फेसबुकमा भेटेको