
इलाम ३ माघः राष्ट्रिय खेलकुद परिषद राखेप च्याम्पियनसीप अन्तर्गत क्षेत्रिय प्रतियोगिताबाट इलामका ६ जना उसु खेलाडीले गोल्ड मेडल प्राप्त गरेका छन । ५२ केजी तौल समुहमा विमल लिम्बु, ७५ केजी तौल समुहमा चन्द्र लिम्बु , ८० केजी तौल समुहमा गणेश श्रेष्ठ , ९० केजी तौल समुहमा विनोद निरौला , ६५ केजी तौल समुहमा , ७५ केजी तौल समुहमा फुङलोती लिम्बुले गोल्ड मेडल प्राप्त गरेका हुन । अव ती खेलाडीले माघ ५ गते देखि इटहरीमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उसु संघ इलामका अध्यक्ष भिम पौडेलले जानकारी दिनुभयो । इटहरीमा भएको क्षेत्रीय प्रतियोगितामा उसु खेलमा इलामले ६ स्वर्ण सहित २ रजत , र ४ कास्य प्राप्त गरेको छ ।