
निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई दुई रूपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०३ रूपैयाँ पर्नेछ।
डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१/८१ रुपैयाँ पुगेको छ। स्वचालित मुल्य प्रणाली अनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन।
पेट्रोलियम पदार्थ आयातमा निगमलाई अहिले १९ करोड घाटा छ। निगमले यसअघि पुस १८ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो।