राष्ट्रिय बक्सिङ प्रतियोगिता झापामा हुने

विर्तामोड, १७ पुसः २७ औं राष्ट्रिय पुरुष बक्सिङ तथा आठौं महिला खुल्ला बक्सिङ प्रतियोगिता झापामा हुने भएको छ । झापामा हुने एसियन बक्सिङ् प्रतियोगिताको छनोट खेल भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने छनोट खेलको संयोजन  जिल्ला खेलकुद खेलकुद विकास समितिले गर्ने छ । प्रतियोगितामा झापा जिल्ला बक्सिङ संघ र पूर्वेली युवा संघले सहसंयोजन गर्ने आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
पुस २२ देखि २६ गतेसम्म सञ्चालन हुने उक्त खुल्ला प्रतियोगितामा विभागीय टिमसहित देशभरबाट २८ वटा टिमको सहभागिता रहने झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिए । भण्डारीका अनुसार प्रतियोगितामा महिला तर्फ ४८, ५१, ५४, ६०, ६४, ६९, ७५ र पुरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ माथिले पनि प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउने छन् । 
छनोट खेलमा २ सय पुरुष र ७० महिलासहित २७० जना खेलाडीको सहभागिता रहने बताइएको छ ।  सहभागिता जनाउने संयोजक रमेश चौधरीले बताए । प्रतियोगितामा महिलातर्फ विभिन्न उमेर समूहका ८ वटा र पुरुष तर्फ १० वटा प्रतियोगिता हुने बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । 
खेल सम्पन्न गर्न १९ लाख लागत अनुमान गरिएको प्रतियोगितामा हरेक दिन च्याम्पियन हुने महिला र पुरुषतर्फका १÷१ जना खेलाडीले नगद पाँचहजार प्रदान गरिने बताइएको छ । 
यसअघि झापामा भएका बक्सिङ प्रतियोगिता देशभरकै उत्कृष्ट भएका कारण एसियन गेम पनि झापाले नै गरोस् भन्ने राष्ट्रिय खेलकुद परिषदको चाहना अनुसार झापामा प्रतियोगिता आयोजना गरिएको केन्द्रीय उपाध्यक्ष सिटौलाले बताए । 
प्रतियोगितामा मेडल टच भएका खेलाडीलाई टिएडिए, प्रमाण पत्र र आवासको जिम्मेवारी झापा बक्सिङ संघ र पूर्वेली युवा संघ झापाले गर्ने पूर्वेली युवा संघका अध्यक्ष रमेश चौधरीले जानकारी दिए । 
बिर्तामोडमा सञ्चालित प्रथम आदिवासी जनजाती महोत्सव सञ्चालित रहेको स्थानमा हुने  खेललाई साउण्ड सिस्टम, र मञ्चको व्यवस्था महोत्सव आयोजक समितिले गर्ने छ । प्रतियोगिताको अनुमानित १९ लाख खर्च हुने नेपाल वक्सिङ् संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौलाले जनाए । प्रतियोगितामा हरेक दिन उत्कृष्ट एक महिला र एक पुरुषलाई ५ हजार नगदले पुरस्कृत गरिने छ । प्रतियोगितामा छनोट भएका खेलाडीले केहि महिनापछि हुने एशियन बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । 
बक्सिङ संघ झापाका अध्यक्ष सञ्जीव घोषको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा धन्यबाद ज्ञापन मदन बुढाथोकीले गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता