
काँकरभिट्टा, स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
आइतबार सुरु भएको प्रतियोगितामा काँकरभिट्टा बहुमुखी क्याम्पस, धाइजन मावि, निधि क्याम्पस, नर्थ प्वाइन्ट मावि, धुलाबारी मावि, त्रिदेव बहुमुखी क्याम्पस, मेची क्याम्पस भद्रपुर, बाहुनडाँगी मावि, कविशिरोमणी मावि, कन्काई कलेज बिर्तामोड, काँकारभिट्टा मावि, हिमालयन मावि, सूर्योदय मावि गरी १४ वटा शैक्षिक संस्थाको सहभागिता रहेको छ ।
शैक्षिक क्षेत्रको विकासको एक पाटो खेलकुद भएकोले प्रतियोगिता आयोजना गरिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियू सभापति सुरज सुवेदीले बताए । प्रतियोगिताको फाइनल खेल २३ गते हुने छ ।