विद्यालयको स्तर वृद्धिको लागि साइकल यात्रा

काकँरभिट्टा, २४ पुसः काभ्रे नगरकोटमा साठ्ठिपुरे गाउँमा अवस्थित नगरहोप आधारभुत विद्यालय प पुर्नर निर्माण सहयोगार्थ मेची महाकाली साइकल यात्रा सोमबारदेखि सुरु गरिएको छ ।
आयरल्याण्डका दुई नागरीक र नेपालका दुई यूवाले उक्त साइकल यात्रा आज झापाको पूर्वि नाका काकँरभिट्टाबाट सुरु गरेका हुन् । उक्त विद्यालय निर्माणकालागि करिव ७० लाख रुपैयाँ लाग्ने र सो रकम संकलनकालागि साइकल यात्रा गरिएको यात्रा संयोजक तथा नगर होप आयरल्याण्डका फाउण्डर डक क्लान्डील्लनले जानाए । 
यात्रामा संयोजक डक सहित आयरल्याण्डका लेनी म्याग्गिनिस , उदयपूरका अर्जुन रिखाम मगर तथा पाँचथरका अर्जुन ठटाल रहेका छन् । उनीहरुले २० दिनमा ११७० किलोमिटर यात्रा गर्नेछन् । संयोजक डकका अनुसार हाल उक्त विद्यालय अस्थायी भवनमा सञ्चालनमा छ  । विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् । संकलित रकमले ६ कोठे पक्कि भवन निर्माण गरिने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता