लालपानी मा.वि.को ५१ औँ बार्षिक उत्सव सम्पन्न

झापाको शिवसताक्षी ७ लालपानी स्थीत लालपानी माध्यमीक विद्यालयले ५१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस आज सम्पन्न गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
ब्यावस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद संग्रौलाको सभापतित्व एंव झापा क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य हिरा कुमार थापाको प्रमुख आतिथ्यमा सपम्म कार्यक्रममा प्रधानाध्यापक बालकृष्ण प्रसाईले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शिक्षक त्रिलोचन उप्रेतीले संचालन गर्नु भएको कार्यक्रममा स्थानिय अभिभवक सिताराम राई, पूर्व अध्यक्षद्धय प्रेम ओली र यमनाथ विमली वडा अध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
वार्षिक उत्सवको अवसरमा बर्षभरिका उत्कृष्ट विद्यार्थी, बिभिन्न खेलका बिजेतालाई पुरस्कार वितरण गरिनुकासाथै विभिन्न खेलकुद तथा प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।
यसैबिच आगामी बार्षिक परिक्षापछि एक बिशेष कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव स्मारिकाको विमोचन गरिने प्रधानाध्यक्षक बालकृष्ण प्रसाईले जनाकारी दिनु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता