बोकेदाह्रीको दुर्गाले मुर्गा बनाइ गितको भिडियो सार्वजनिक (भिडीयो सहित)

इलाम, २० पुसः  पछिलो समय पूर्वी नेपाल जमाएका दुई गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) र सिमान्त सन्तोषले ‘दुर्गाले मुर्गा बनाइ” बोलको गीत बजारमा लिएर आएका छन् । बोकेदाह्रीको सुनको सिक्रि गितले चर्चा कमाईरहेको समयमा बोकेदाह्री अभिनित नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्दमा रहेको दुर्गाले मुर्गा बनाई बोलको गीतमा सिमान्त सन्तोषले स्वर दिएका छन् ।
भिडियोमा भद्रगोलकी रक्षा दुर्गाको रुपमा देखिएकी छिन् । जसले बोकेदाह्रीलाई फसाएर अर्कैसँग विवाह गर्छिन् । कतिपय युवतीले आफ्नो स्वार्थपूतिका लागि केटालाई फसाएर आफ्नो बाटो लाग्ने गरेको यर्थाथलाई व्यंग्य गर्दै यो गीत तयार भएकोे हो ।
गितको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् भने गीतको भिडियो उत्सव दहालले खिचेका छन् । निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा बोकेदाह्रीसँगै सिमान्त सन्तोष, रक्षा र डि गोर्खाली बोईज को जोडदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता