
इलाम, २८ पुसः इलाम सदरमुकाममा खानेपानीे आपूर्तिका लागि अहिले सन्दकपुर गाउँपालिककै ठाडे खोल्साबाट पानी ल्यइएको छ । सदरमुकामा ३१ किलोमिटर टाढाको सन्दकपुर गाउँपालिका माइमझुवाको गिताङ खोलाको मुहानबाट ल्याईएको खानेपानीको पाइपमा केही दिन अघि बाटो निर्माण गर्ने क्रमा क्षति पुगेको थियो । अहिले पानी ल्यईएको ठाडे खोल्साको माथिबाट माईपातालको वस्ती छ । नगरपालिकाले ठाडे खोल्साको पनि सिधै पाइपलाईनमा राखेर वितरण गरिरहेको छ । यस अघि वितरण गर्दै अएको गिताङ खोलाको पानी पनि सिधै फिल्टर नगरी उपभोक्ताको घारामा झर्ने गरेको थियो ।
इलाम बजार क्षेत्र ३ हजार सात सय २० धाराका करिब ५० हजार उपभोक्ता रहेका छन् । इलाम सदरमुकाममा वितरण हुने खानेपानी शुद्धिकरण भएर मात्र उपभोक्ताको धारामा खस्छ भन्ने भ्रममा रहेका उपभोक्ता अझै पनि धाराको पानी सोझै थापेर पिउने गर्छन् । इलाम सदरमुकामका उपभोक्ताले नगरमा आपूर्ति हुने पानी शुद्धिकरण गर्न बनाइएको ट्याङ्की (फिल्टर ट्याङ्की) झारपातको झोडी र किरा–फट्याङ्ग्राको गुँड बनेको छ । ६ वर्षअघि चार करोड रुपैंयाँ खर्चेर इलामको जस्बिरे नजिकै चारखाँदे छेउमा बनाइएको पानी शुद्धिकरण ट्याङ्कीले काम नगरेपछि इलाम नगरपालिकाको कार्यालयले खोलाको पानी सिधै उपभोक्ताको धारामा झारिरहेको छ । चारखाँदेका स्थानीय मनोज लम्साल भन्छन् अहिले सम्म पानी फिल्टर गरेर नगरपालिकाले चलाएको हामीले देखेका छैनौँ ।
केहि समय अघि इलामबजारमा वितरण गरेको पानी परिक्षण गर्दा कोलिफर्मको मात्रा पाइएको थियो । कोलिफर्मयुक्त पानी मानव स्वास्थ्यका लागि हानीकारक हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्ल बताउँछन् । पछिल्लो समय इलाममा पानीजन्य रोगहरु बढ्दै गएको जिल्ला जिल्ला अस्पतालले बताउँदै आएको छ । यता इलाम नगरपालिका सबइन्जिनीयर मेघनाथ ढुङ्गाना भने खानेपानी फिल्टर नगरेको भए पनि प्युस, वाटरगार्ड हालेर शुद्धिकरण गरेर वितरण गर्ने गरेको छ, तर पनि पानी भने उमालेर मात्र खान उपयुक्त हुने बताए । अहिले इलाम नगरपालिकाले ठाडे खोल्साको पनि भने उमालेर मात्र प्रयोग गर्नु भनेर सर्वजनिक सूचना गरेको छ ।
यता इलाममा आउने खानेपानीको मुहानका बासिन्दा पनि अहिले आक्रोशित बनेका छन् । सन्दकपुर गाउँपालिकामा देउराली हुँदै जीतपाले गोरुवाले सन्दकपुर जोड्ने मोटरबाटो निर्माणको क्रममा इलाम बजारमा आएको खानेपानी लाईन क्षति भए पछि नगरपालिकाले तत्काल बाटो निमार्णको कार्य बन्द गर भने पछि स्थानीय आक्रोशित भएका हुन । बाटो समितिका अध्यक्ष रुकमान राई भन्छन् स्थानीय सरकारलाई जानकारी गराएर बाटो निमार्ण कार्य गर्न थालेकोले जसरी पनि निमार्ण सम्पन्न गरेरै छाड्छौँ । हामीले नियतवस नगरको खनेपानीको पाइप लाईनमा क्षति पु¥याएको होइनौ । समन्वय गरेर पाइप लाईन मर्मत गरेर अगाडि बढ्न सक्ने र खानेपानी सुचारु गर्न सकिने छ ।
स्थानीय पूर्णबहादुर राईले नगरपालिकाले स्थानीयसँग गरेको कुनै पनि सम्झौता पूरा नगरेको आक्रोस व्यक्त गरे । उनी भन्नछन् स्थानीय ठाउँको विकासको लागि गरिए बाह्र बुँदे सम्झौता अनुसार कुनै पनि काम अहिले सम्म नगरपालिकाले नगरेको र पाईप लाईन जमिनमा पुरेर लान आग्रह गर्दा पनि नमानेकाले रुखहरु काट्दा पनि पाईपमा क्षति पुग्ने गरेकोले स्थनीयलाई समस्या परेको बताए ।
हेर्नुहोस भिडियोमा