इलामको आख्रेमा अचानक तीनवटा पशु मरे

 फायल फोटो
इलाम १७ पुष : इलाम नगरपालिका ५ ओख्रेमा एक परिवारले पालेका पशु चौपाय अचानक मरेका छन् । स्थानीय बिरबहादुर अधिकारीले पालेका तीनवटा पशु गएराती अचानक मरेका हुन् । 
साँझमा खोले खाइसकेपछि बिरामी परेको र एउटा माउ गाई, बाछी र एउटा खसी मरेको छ । अन्य दुई वटा  बाख्रा पनि विरामी परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 
खोलेमा बिस मिसिएर यस्तो घटना भएको वताइएको छ । गाई गोठमा ल्याइएको पानीको मुहानमा विष मिसाइएको हुन सक्ने परिवारको शंका छ । 
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता