कन्याम, २६ पुसः इलामको पर्यटकीय क्षेत्र कन्याम फोहार मैलाका कारण अस्तब्यस्त भएको छ ।
कन्याम घुम्न आउने र बनभोजका लागि आउने पर्यटकले प्रयोग गर्ने प्लाष्टीकका झोला, पानीका बोतल , मदिराका बोतल, खैनी , गुट्खा आदिको खोलका कारण दिन–दिनै कन्यामको सौर्दयता गुम्दै गएको छ । जथाभावी फालीएका प्लाष्टीक जन्य सामग्रीका कारण हरियो देखिने चिया बगान समेत अहिले उदाङ्गो देखिन्छ ।
बनभोजमा आउनेहरुले फालेको सड्ने फोहोरको दुर्गन्धका कारण पर्यटकलाई आवातजावतमै समस्या हुन थालेको हो । फोहोरमैला र दुर्गन्धका कारण कन्याम आउने पर्यटक सिधै अन्तु जान थालेको पाईन्छ । सुर्योदय नगरपालिकाको फिक्कलबाट ब्यावसाय गर्न कन्याम पुगेकी नमिता श्रेष्ठले फोहोरमैलाका कारण पर्यटक आए पनि नअडिने गरेको बताईन ।
अभियान नेपाल र हाम्रो सहकारीले पब्लीक पार्टनरसीपको रुपमा फोहोरमैला ब्यावस्थापनको जिम्मा लिएको छ । ब्यावस्थापनको जिम्मा लिएको पक्षले फोहोरमैला ब्यावस्थापन गरेर बचेको रकम नगरपालिकालाई बुझाउने गरेको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताए । भट्टराईले फोहार ब्यावस्थापनमा सोचे अनुरुप काम हुन नसकेको बताए । पर्यटकीय क्षेत्र कन्याम घुम्न आउने पर्यटक समेत फोहोरमैलाका कारण सोचे अनुरुपको गन्तब्य बन्न नकेको बताउछन् ।
नगरपालिका मार्फत फोहोरमैला ब्यावस्थापनको जिम्मा पाएको अभियान नेपाल र हाम्रो सहकारीले कन्याम क्षेत्रमा ब्यावसाय गरे बापत प्रति ब्यक्ति दैनिक ५० रुपैया भाडा लिने गरेको छ । भुईमा बसेर ब्यापार गर्दा एक ब्यापारीले एक महिनामा १ हजार ५ सय रुपैया फोहोरमैला ब्यावस्थापन पक्षलाई बुझाउने गरेका छन् । तर, रकम असुल गरे अनुसार फोहोरमैला ब्यावस्थापनको काम हुन नसकेको ब्यापारीहरु बताउछन । ब्यावस्थापन पक्षले बनभोज , घोडा , गाडी पार्कीङबाट पनि रकम लिने गरको छ ।
लामो समय देखि होटल कन्याम इन संचालन गर्दै आएका होटल ब्यावसायी संघ इलामका पूर्व अध्यक्ष टिका ओडारी कन्यामको फोहोर ब्यावस्थापनका लागि दिगो योजना बनाए अगाडी बढ्नु पर्ने बताउछन् । ओडारी भन्छन‘ जसले फोहोर गर्छ उसैलाई फोहोर उठाउन लगाउनु पर्छ ’ ।