माघ ४ गतेको सोनाम ल्होसारको बिदा खारेज गर्न माग

इलाम, ३ माघ :  सरकारले सम्बन्धित पक्षसँग सोध्धै–नसोधी नै सुर्य पञ्चाङग अनुसार माघ ४ लाई सोनाम ल्होसारमा छुट्ट्ी गरिएकोमा नेपाल तामाङ घेदुङ केन्द्रिय कार्य कारिणी समितिले आपत्ति जनाएको छ । चन्द्र पञ्चाङग अनुसार तेह्र महिनाको वर्ष भएको हुदा तामाङहरुको नयाँ वर्ष पर्व ल्होसार फागुन ४ लाई बिदा दिनुपर्ने नेपाल तामाङ घेदुङ जिल्ला कार्य कारिणी समिति इलामका सचिव एवम नेपाल तामाङ विद्यार्थी घेदुङ प्रदेश १ प्रमुख इश्वरी तामाङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङको नेपालका ज्यातिष विद् खेम्पो सोनाम ग्यमे तामाङद्वारा तयार पारिएको मञ्जुश्री तत्व ज्यातिष संक्षिप्त पात्रोमा २०७४ असार ११ गतेदेखि श्रावण ७ गते सम्म (मलमाँस) छुइ पा लुग क्षा रहेको र तेह्रौ महिना परेको कारणबाट सुर्य पञ्चाङगमा सदा झै माघ महिनाको प्रतिपदामा सोनाम ल्होसार पर्न गएको सन्दर्भ नेपाल तामाङ घेदुङ इलामका सल्लाहकार खेम तामाङले बताए । घेदुङले माघ ४ गतेको बिदा खारेज गरी फागुन ४ मा सार्न ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता