
इलाम, १८ पुसः पश्चिमी इलामको माङसेबुङ्ग गाउँपालिकाको केन्द्रको विषयमा लामो विवाद भएपछि गाउँसभाले विवाद समाधान गरेको छ । आज सम्पन्न गाउँसभामा उपस्थित सदस्यहरूद्वारा भएको मतदानाबट चतुरे केन्द्र कायम भएको हो । गाउँसभाका ३२ सदस्यहरूमध्ये १८ मत चतुरेको पक्षमा परेको थियो भने १४ मत इभाङ्गको पक्षमा परेको थियो । गाउँपालिकाको केन्द्र इभाङ्ग की चतुरे बनाउने भन्ने विषयमा गाउँपालिकाका सदस्यहरू विभाजित भएका थिए । चतुरेको पक्षमा केन्द्र राख्ने बहुमत भइसकेपछि गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले चतुरे केन्द्र कायम भएको घोषणा गर्नुभएको थियो । चतुरे कन्द्र कायम भएपछि सो क्षेत्रका बासिहरु हर्षित भएका छन् ।