नेपाली आख्यानमा अर्को इँटा ‘एक थोपा आँसु’

  • शान्तिराम बस्नेत

मणिपुर, २ माघः भारतको मणिपुर राज्य अन्तर्गत पर्ने काङलातोम्बीबाट सोमबार का देवीप्रसाद सुँयल थापा “मामा” ले आफ्नो सातौं कृतिका रुपमा एक थोपा आँसु  एक लघुकथा संग्रहको विमोचन भएको छ । आख्यान विधा अन्तर्गत पर्ने लघुकथा विधाको उन्नयनका लागि लामो समयदेखि कलम चलाउँदैं आएका मणिपुरका थापाको कृतिले नेपाली साहित्यिक वाङमय क्षेत्रमा अर्को नयाँ ईँटा थपेको छ । गोर्खा ज्योती प्रकाशन, मणिपुर भारतद्वारा प्रकाशित उक्त कृतिमा कुल ७५ वटा लघुकथाहरु समावेश छन् । विशेषगरी नेपाली परिवेश वरिपरी घुमेको उक्त संग्रहमा नेपाली संस्कृति, भाषा, पहिचान, ऐंचोंपैचों, सापटी, राजनैतिक उचनिचको लगायतको विषयमा उठान गरेका छन् ।
आफूलाई “डायस्पोरिक” साहित्यकार भन्न रुचाउने मामाले नेपाली लघुकथा विधामा मात्रै ४ वटा कृतिहरु बाबा, आमा, सासु र माइती, कविता संग्रह कौब्रुको काखबाट र मणिपुरेली नारीको नाममा समर्पित इचे शर्मिला कविता संग्रह सार्वजनिक गरिसकेका छन् ।
विमोचित कार्यक्रममा प्रखुम अतिथि समेत रहेका एक्ज्युकेटिभ मेम्बर, सदरहिल मणिपुरका बिकास बस्नेतले मणिपुरेली नेपाली साहित्यमा मामाले चालेको कदमको प्रशंसा गर्दै अन्य मणिपुरेली नेपालीले पनि सो कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै अर्का विशिष्ट अतिथि डिपुटी इन्स्पेक्टर स्कूल सदरहीलका सैखुहाओ करोङले मणिपुरमा रहेर नेपाली साहित्यिक मामाले छोटो समयमा गरेको योगदानलाई नेपाली मात्र नभएर मणिपुरमा बस्ने सबै जातजातिले सिको गरी मणिपुरेली साहित्यलाई ऊचो राख्न सुझाव दिदैं त्यसलाई मणिपुरेली सरकार सदैव सहयोग गर्नेमा प्रतिवद्धता जाहेर गरेका थिए ।
त्यस्तै कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक रामप्रसाद पौड्यालले मामाका यस अघिका लघुकथाहरु व्यक्तिगत र पारिवारिक सम्बन्ध जोडेर शीर्षक दिएतापनि यसपटकको कृति भने समुद्रमाथि उठेर मानवीय संवेदनामा आधारित रहेको बताए ।
कार्यक्रममा मिलन प्रधान, थाङसोन लोबाप्पुई, भारत आसामका डा. हर्क बहादुर क्षेत्री तथा नेपालका पत्रकार छबिलाल दवाडीले मामाको कार्यको प्रशंसा गरेका थिए ।
शसक्त संगीतकार गायक सान्तनु कुमार लिम्बुले आफ्नो गायन प्रस्तुति गरेको विमोचन कार्यक्रममा मणिपुरेली कविहरु सुरज चापाँगाईं, कृतिमणि खतिवडा, होमप्रसाद शिवाकोटी, राहुल राई (बोगिम), आसामका कवि डा. हर्क बहादुर क्षेत्रीका साथै नेपालका सशक्त गजलकार विवश बलिभद्र कोइराला, दिलिप घिमिरे, पहिचानवादी कवि सेलिङ केसीले उपस्थित सबैलाई कविता, गजलका मार्फतबाट मन्त्रमुग्ध पारेका थिए ।
गोर्खा ज्योति प्रकाशनका सभापति शिवकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जतिन थापा, धन्यवाद ज्ञापन जनक पौडेल तथा सञ्चालन हरी बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता