नेविसंघको हस्ताक्षर अभियान

बिर्तामोड, २८ पुसः नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले विद्यार्थीहरुको निस्शुल्क वीमाको माग गर्दै बिहीबार बिर्तामोडमा हस्ताक्षर अभियान सम्पन्न गरेको छ । मुक्तिचोकमा हस्ताक्षर संकलन आयोजना गरिएको हो । 
नेविसंघले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुस २२ गते माग सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको थियो । माग सम्बोधन गर्न आलेटाले गरे पछि हस्ताक्षर अभियान देशव्यापी रुपमा आयोजना गरिएको हो । 
नेपालका करिब ८० लाख विद्यार्थीको हकहितका लागि अभियान थाल्न बाध्य भएको नेविसंघका केन्द्रिय उपाध्यक्ष पवन यादवले बताए । विद्यार्थीको निस्शुल्क स्वस्थ्य बीमा गरिनुपर्ने, सबै स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गरिनुपर्ने, देशभरका विद्यालयमा इ–लाईब्रेरीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर हस्ताक्षर अभियान थालिएको नेबिसंघका केन्द्रिय सदस्य खड्ग पन्धाकले बताए ।
बिहीबार संकलन गरिएको हस्ताक्षर शुक्रबार जिल्ला प्रसाशन कार्यालयमार्फत प्रधानमन्त्री समक्ष पठाइने नेविसंघ झापा सहसचिब भुपेन्द्र थेबेले बताए । हस्ताक्षर कार्यक्रममा बिर्तामोडका बिभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत् बिद्यार्थी, अभिभावकले सहभागिता जनाएको नेविसंघ झापाका उपाध्यक्ष डिल्ली भट्टराईले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता