
इलाम ३ माघ: आज विहान इलाम नगरपालिका ५ बिब्ल्याँटेमा एक ब्यक्ति मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दिपक राउत मृत अवस्थामा फेला परेका हुन् ।
बिब्ल्याँटेको गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोहि ग्यारेजको भुँई तलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा मृत अवस्थामा फेला पारेपछि उनकै साथीले प्रहरीलाई खवर गरेको वताइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ ।