रुपन्देहीको देवदहमा गोली चल्यो, एकको मृत्यु

२१ पुस, बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।
अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।
घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् । अनलाईन खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता