
फाकफोकथुम, २१ पुस: फाकफोकथुम गाँउपालिकाको केन्द्र परिर्वतन गरिएको भन्दै गाँउपालिका प्रमुख एवम उपप्रमुखको पुत्ला दहन गरिएको छ । फाकफोकथुम गाँउपालिकाको २, ६ र ७ नम्वर वडाका बासिन्दाहरुले सबैलाई पायक पर्ने फाकफोकको साप्तिनलाई गाँउपालिकाको केन्द्र नबनाइ आमचोक कायम गरिएको भन्दैै गाँउपालिकाको अध्यक्ष रामकुमार श्रेष्ठ र सरु राईको पुत्ला दहन गरेका हुन ।
केन्द्र कहाँ राख्ने बिषय भन्नेमा व्यपाक छलफल नगरी जनप्रतिनिधीहरुले आफु खुशी निर्णय गरेकाले पुत्ला दहन लगायतका आन्दोलन गर्नु परेको केन्द्र निर्धारण संर्घष समितीका संयोजक बम निरौलाले बताए ।
गत पौष १३ गते सम्पन्न भएको गाँउसभाबाट आमचोक केन्द्र पारित गरिएको थियो । गाँउसभामा उपस्थित अध्यक्ष उपाध्यक्ष सहित ३९ जना मध्ये २१ जनाले आमचोक केन्द्र्रको पक्षमा हस्ताक्षर गरेपछि बाँकी रहेका १८ जनाले हस्ताक्षर नगरि बाहिरिएका थिए ।
स्थानिय तह पुनः संरचना जिल्ला समितीले केन्द्र साप्तिन सिफारिस गरेर पठाएपनि साप्तिनमा भौतिक संरचना नभएकाले तत्काल कामचलाउको लागी आमचोक केन्द्र तोकेर पठाइएको थियो ।
संर्घष समितीका संयोजक निरौलाले आमचोक केन्द्र तय गर्दा सवैलाई अपायक पर्ने भएकाले केन्द्रको बिषयमा व्यापक छलफल नचलाएसम्म आन्दोलनको कार्यक्रमहरु निरन्तर अगाडी बढाइने बताए ।
उनले भने ‘साप्तिन सवैलाई पायक पर्ने बिचको ठाँउ हो आमचोक केन्द्र अपायक रहेका मान्य हुनेछैन यसको बिषयमा व्यापक छलफल हुनुपर्छ ।’ गाँउसभाबाट गरिएको एकपक्षिय निर्णय तत्काल नसच्याए आन्दोलनका कार्यक्रमहरु अझै तिव्र बनाएर अघि बढाइने उनले बताए ।