राममणिकप चौथो अन्तरकलेज नकआउट फूटबल प्रतियोगिताको टई सिट प्रकाशन

मणिग्राम, २० पौषः रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा शुक्रबार देखि जिल्लास्तरीय चौथो फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
वी.वी.एस.का विद्यार्थीको सक्रियतामा सञ्चालन हुने प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको खेल संयोजन समितिका संयोजक सन्देश रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिन कलेजस्तरमा अध्ययनरत २२ वटा समूहको टाई सिट प्रकाशन गरिएको संयोजन समितिका सचिव प्रवेश क्षेत्रीले बताउनुभयो ।
प्रतियोगिताको विहान आठ बजे तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले  उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह«ेले जानकारी दिनुभयो ।
“राममणिकप चौथो अन्तरकलेज नकआउट फूटबल प्रतियोगिता–२०७४” नाम दिइएको उक्त प्रतियोगिताको पहिलो हुने समूहलाई पच्चीस हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइनेछ ।
त्यस्तै, दोश्रो हुने समूहलाई पन्ध्र हजार नगद सहित पुरस्कार तथा पदक र प्रमाणपत्र दिइने सह–संयोजक मनोहर गुरूङ्ले जानकारी दिनुभयो ।
आउँदो माघ ९ गते प्रतियोगिताको फाइनल खेल सहित समापन गरिने खेल आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालले जानकारी दिनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता