सहयात्राको साधारण सभा सम्पन्न

इलाम, १७ पुसः सहयात्रा नेपालको तेस्रो वार्षिक साधारण सभा सोमबार इलाममा सम्पन्न भएको छ । साधारण सभामा संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  कोषाध्यक्ष सविता पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । महिलाहरुको सकृयतामा गठन भएको संस्थामा २५ जना भन्दा बढी साधारण सदस्य रहेका छन । सस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । 
 विशेषगरी दृष्टिविहिन बालबालिको लागि संस्थाले काम गदै आएकोे छ । इलामको बालमन्दिरमा रहेका बालबालिकाको पढाइमामा सहयोग पुर्याउन अध्यययन सामाग्री वितरण तथा नियमित रुपमा खाजा खर्च उपलब्ध गराउदै आएको संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो । अन्य सामुदायिक विद्यालयमा अध्ययनरत अनाथ बालबालिका , आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको लागि विद्यालय पोषाक र अध्ययन सामाग्री वितरण गदै आएको शिवाले बताउनुभयो । संस्थाले फेन्डस अफ युकेको अनुदान र स्थानी संघ संस्थाको सहकार्यमा काम गर्दै आएको छ । संस्थको अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षता तथा ज्योतिमाला प्रधानको प्रमुख आतिथ्यमा भएको सभामा पशुपति भक्तराज  , संगीता बसेल  र सानु दास लगायतले मन्तव्य राखेका थिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता